लुम्बिनी प्रादेशिक अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ ।

प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ ।

प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएका शल्यक्रिया कक्षको उद्घाटन गर्दै विस्तारित शल्यक्रिया कक्षले उपचार सेवा छिटोछरितो हुने र पालो पर्खिनु पर्ने अवस्थाको अन्त्य भएको बताए । ‘गर्भवती महिलाले प्रसूतिको शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ,’ उनले भने, ‘सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार वार्षिक ९ हजार महिलाले अस्पतालबाट शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा मात्र ९ हजार ७ सय ६५ जनाले शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको उनले बताए ।

अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जना मध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रूपमा बच्चा जन्माएका थिए । ४ हजार ५ सय ५० जनाले शल्यक्रियामार्फत बच्चा जन्माएको रेकर्ड छ ।

पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास