बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा एमाले भएको र एमाले मै फर्किएको बताउनुभएको छ ।
सोमबार विज्ञप्ति प्रकाशित गरी वहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताउनुभएको छ । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित वहाँले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेको बताउनुभएको थियो । सवारी दुर्घटनामा ज्यान गुमाउनुभएका प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधनपछि विमला वलीलाई पार्टीले टिकट दिएपछि वहाँले चुनाव जित्नुभएको थियो ।
केही समय पहिले नेकपा एमालेको संसदीय दलको बैठकमा आउँदै गर्दा बाटोबाटै फकाएर माओवादी केन्द्रले पत्रकार सम्मेलन मार्फत बिमला ओलीले नेकपा माओवादी रोजेको जानकारी गराएका थिए ।
(बिमला ओलीद्धारा जारी विज्ञप्ति)