लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

बिज्ञापन

दाङ-लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गर्नु भएको हाे ।

बिज्ञापन

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका र दुई हजार तीन सय ४३ खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजि गरेर पूर्ण खाेप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखाेप पाएकाे सुनिश्चित गरिएपछी पूर्णखाेप सुनिश्चित प्रदेश घाेषणा गरिएको हाे । घाेषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख /उपप्रमुखहरुकाे सहभागीता थियाे ।

बालबालिकाहरुमा विभिन्न सरुवा राेग बिरुद्ध खाेप लगाइदै आएकाे छ । क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रुबेला, न्यूमाेनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, राेटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खाेप उपलब्ध गराउदै आइएकाे हाे । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्णखाेप घाेषणागरी सुरु गरिएको थियाे ।

बिज्ञापन

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी