नेकपा एमाले लुम्विनी प्रदेशको सातौं पूर्ण वैठकले प्रदेश कमिटीलाई ४५१ सदस्यीय वनाउँदै ३० वटा विभाग तथा २५ वटा जनसंगठन तथा फाँटहरुको गठन गरेको छ ।
सो अवसरमा १२ वटै जिल्लाका अध्यक्षहरुले आ—आफ्ना जिल्लाको राजनीतिक अवस्था, शक्ति सन्तुलन, निर्वाचनमा आउन सक्ने सम्भावित परिणाामबारे लिखित तथा मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले गठवन्धन हुँदा र नहुँदा आउन सक्ने परिणामका साथै सांगठनिक अवस्था, पार्टी सदस्य संख्या र अन्य पार्टीबाट एमाले प्रवेश गरेका कार्यकर्ताहरुको अवस्थाकावारे पनि प्रस्तुत गरेका थिए ।
वैठकले नियमित रुपमा हुनुपर्ने स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्च गरिरहेको गठबन्धनको सरकारले नेकपा एमालेको दवावमा आगामी बैशाख ३० गते हुन लागि रहेको निर्वाचनलाई यथा समयमा स्वच्छ निश्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न जोडदार माग गरेको छ ।
नेकपा एमालेले चलाएको पार्टी प्रवेश अभियानमा हालसम्म लुम्विनी प्रदेशमा विभिन्न दलबाट ७० हजार भन्दा बढि विभिन्न दलका कार्यकर्ताहरु प्रवेश हुनु भएकोमा वहाँहरुलाइ हाम्रो पार्टीमा हार्दिक स्वागत गर्दै यो अभियानमा निरन्तर जारी रहेकोले यस अभियानमा सहभागी बन्दै स्थानीय निर्वाचनमा नेकपा एमालेलाई विजय बनाइ समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्ने अभियानमा सहभागी हुन विभिन्न दलका न्यायप्रेमी कार्यकर्ताहरुमा अपिल गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण कार्यको टेण्डर प्रकृयाकै चरणमा मुख्यमन्त्री स्वंय संलग्न भै गर्न लागिएको अनियमितता हद दर्जाको घृणित कार्य रहेकोले यस्तो कार्यमा संलग्न मुख्यमन्त्रीले अविलम्व राजिनामा गरि छानविनलाई सहज बनाउनुपर्ने, स्वास्थ्य बिमामा जनतालाइ दिइएको सास्तीले स्वास्थ्य सेवामा जनताको पहुँचमा असहजता उत्पन्न हुँदा पनि सरकारले बेवास्ता गरेकोमा सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै महंगीको चपेटामा पर्दा पनि सरकारले थप मूल्य वृद्वि गर्दै गएकोमा वैठकले सरकारको भतर््सना गरेको छ ।
अन्त्यमा नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकारले ल्याएका विपद व्यवस्थापन योजना लागु गर्न, निर्वाचनको मुखमा रकमान्तर गर्दै कार्यकर्ता पोस्ने र अनियमितता गर्ने साथै निर्वाचनका मुखमा नया योजना ल्याउने काम नगर्न पनि माग गरिएको छ ।
प्रदेश अध्यक्ष राधाकृष्ण कंगेलको अध्यक्षतामा वसेको वैठकमा पार्टीको केन्द्रीय कमिटीका सचिव तथा इन्चार्ज छविलाल बिश्वकर्माले कम्युनिष्ट कार्यकर्ताहरु हुनुको कारण अनुशासित र मर्यादित ब्यवहार गर्न, आसन्न निर्वाचनमा एकमनाका साथ लाग्न, वैठकले सारेका योजनालाई कार्यान्वयन गरी परिणाम प्राप्त गर्न निर्देशन दिनु भएको छ ।
उक्त अवसरका पार्टी केन्द्रका पोलिटब्युरो सदस्यहरु खिमलाल भट्टराई, सूर्य थापा, लिला गिरी, दधिराम न्यौपाने एवं केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।