बुटवल । २०७४ को स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा (एमाले) एक्लै ४३ पालिकाका विजयी हासिल गरेको थियो भने अन्य दलहरुले ६६ पालिकामा विजयी हासिल गरेका थिए । तत्कालिन अवस्थामा नेकपा एमाले एक्लै र नेपाली काँग्रेस, नेकपा माओवादी लगायतका दलहरुले गठबन्धन गरेका थिए । ०७४ सालको निर्वाचनमा विजयी हासिल गरेका पालिकाहरुलाई यस पटक नेकपा एमालेले कायम राख्न सकेन र ४३ बाट २७ मा झर्यो भने ५ दलिय गठबन्धनले यसपाली विगतको निर्वाचित संख्यालाई वृद्धि गरी ८२ पालिकाको नेतृत्व निर्वाचित गर्न सफल भएको छ ।
लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये १०२ पालिकाको प्रमुख पदमा उम्मेवारी दिएको नेकपा (एमाले) ले २७ वटा पालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने १०५ पालिकाको उपप्रमुख पदमा दिएको उम्मेदवारीमध्ये ४० पालिकामा विजयी हासिल गरेको छ । सत्ता गठबन्धनतर्फ नेपाली काँग्रेसले ४८ बटा प्रमुख र ४४ वटा उपप्रमुखमा विजयी हासिल गरेको छ भने नेकपा माओवादीले २५ पालिकाको प्रमुख र १५ पालिकाको उपप्रमुखमा विजयी हासिल गरेको छ । त्यस्तै सत्ता गठबन्धनकै अर्का दलहरु जनता समाजवादी पार्टीले ३ वटा प्रमुख र १ वटा उपप्रमुख पदमा विजयी हासिल गरेको छ भने जनमोर्चाले २ वटा प्रमुख र २ वटा उपप्रमुख पदमा विजयी हासिल गरेको छ । त्यस्तै सत्ता गठबन्धनकै अर्काे दल नेकपा एमालेबाट छुट्टिएर गएको नेकपा एसले यस प्रदेशका १ वटा पनि पालिकामा प्रमुख उपप्रमुख पदमा विजयी हासिल गर्न सकेन ।
लुम्बिनी प्रदेशमा प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा निर्वाचत दलिय विवरण यस प्रकार रहेको छ ।
२०७९ सालको यस निर्वाचनमा नेकपा एमाले एक्लै र अन्य ५ दलीय गठबन्धन हुँदा पनि नेकपा एमालेको सुर्य चिन्हमा आएको मत प्रदेशभरीमा पहिलो नम्बरमा रहेको छ । नेपाली काँग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी छ । त्यसरी निर्वाचित जनप्रतिनिधिहरुको स्थानमा गठबन्धनका अन्य चुनाव चिन्ह रहेका छैनन । अर्थात गठबन्धनको सहयोगमा नै काँग्रेसले बढी सिट जितेको हो । कतिपय पालिकामा जनसंगठन नभएका गठबन्धनका अन्य दलका उम्मेदवार भएको पालिकामा रुख चिन्ह गायव छ । यसरी पालिकाका उप्रमुखले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले ७ लाख ४ लाख ३ सय ३ मत पाएको छ भने नेपाली काँग्रेसले ६ लाख ७८ जार १२६ मत प्राप्त गरेको छ त्यस्तै नेकपा माओवादी केन्द्रले ३ लाख १८ हजार ५ सय ७३ मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा प्रमुखले पाएको मतका आधारमा राप्रपा चौथो शक्तिको रुपमा उदाएको छ । जसले १ लाख २ हजार १ सय २७ मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशमा पालिका प्रमुख, अध्यक्षले पाएको मतको आधारमा प्राप्त गरेको दलीय मत विवरण यस प्रकार रहेको छ ।
त्यसै प्रदेशभरीका उपप्रमुख तथा उपाध्यक्षहरुले पाएको मतको आधारमा पनि नेकपा एमाले पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले ७ लाख १० हजार ३ मत पाएको छ भने नेपाली काँग्रेसले ५ लाख ११ हजार ७ सय १ मत पाएको छ । त्यस्तै नेकपा माओवादीले २ लाख ९२ हजार ९ सय २२ मत पाएको छ ।
उपप्रमुख तथा उपाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा दलहरुले प्राप्त गरेको मत विवरण
लुम्बिनी प्रदेशमा वडा अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतको आधारमा पनि नेकपा एमाले नै पहिलो स्थानमा रहेको छ । एमालेले ७ लाख १६ हजार ७ सय ६७ मत प्राप्त गर्दा नेपाली काँग्रेसले ७ लाख ६ हजर ८ सय ७९ मत प्राप्त गरेको छ ।
वडा अध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा दलहरुले प्राप्त गरेको मत विवरण