लुम्बिनी प्रदेशको राजधानी बारे अध्ययन गर्न विज्ञ टोली दाङ जाँदै

लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो ।

बिज्ञापन

शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन गर्न जाने प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेलले जानकारी दिए ।

बिज्ञापन

पोख्रेलका अनुसार देउखुरी आउ–जाउ गर्ने, खाने–बस्ने र अध्ययन अनुसन्धान गर्ने सबै खर्च उनीहरुले नै व्यहोर्नेछन् । ‘हामीले उनीहरुलाई ठाउँ देखाइदिने र उनीहरुले स्थानीयसँग छलफल गर्दा सहजीकरण गरिदिने काम मात्र हुन्छ, अरु सबै खर्च उनीहरु आफैंले व्यहोर्छन्,’ सीईओ पोख्रेलले भने ।

ललितपुरको हिमालय होटलमा मंगलबारदेखि शुक्रबारसम्म चलेको ‘टुमारो सिटी’ (भोलिको शहर) सम्मेलनमा सहभागी बेलायत, टर्की, केन्या र इक्वेडरका विज्ञहरुको टोलीले अध्ययनका लागि दाङको देउखुरी उपत्यका चयन गरेको हो ।

टुमारो सिटी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने दाङका राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल र लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेललाई समेत बोलाइएको थियो । विदेशी विज्ञहरुले देउखुरीको भौगोलिक, सामाजिक, सांस्कृतिक र विपदका घटनाबारे चासो राखेका थिए ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा