लुम्बिनी एक्स्पो डान्स आइडल-२०८० काे उपाधी आकृति परियार लाई

बिज्ञापन

बुटवल । लुम्बिनी एक्स्पोमा २०८० मा सञ्चालित नृत्य प्रतियोगितामा आकृति परियार डान्स आइडल बनेकी छन्।

बिज्ञापन

रुपन्देही ब्यापार संघको आयोजनामा पुस ५ गतेदेखि सञ्चालित यो प्रतियोगिता ५५ जना सहभागीबाट छनौट हुदै आएकी उनि अन्तिम छनौटमा परेका अन्य २ जनालाई जित्दै डान्स आईडल बन्न सफल भएकी हुन्। आकृतीले उपााधिसंगै उनले एक लाख एक हजार रुपैयां नगद पुरस्कार पाएकी छन्।

मंगलबार तीन जनाबीच उपाधिका लागि भएको अन्तिम प्रतिष्पर्धामा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै बुटवलको नवीन औद्योगिक मावि देवीनगरमा कक्षा ११ मा अध्ययनरत आकृतिले उपाधि जितेकी हुन्।

बिज्ञापन

उक्त प्रतियोगितामा कान्ति माध्यमिक बिद्यालयकी आरोही काउचा दोस्रो भएकी छन्। आरोही कान्ति मावि बुटवलमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन्। उनले नगद र ५० हजार प्राप्त गरेकी छन। यस्तै सतिष सेन्चुरी तेस्रो हुंदै २५ हजार नगद पुरस्कार पाए। उनी केबी डान्स कला केन्द्र देवीनगरका प्रशिक्षार्थी हुन्।

५५ जनाले भाग लिएको प्रतिस्पर्धाको अडिसन राउण्डबाट भने २७ जना छनोट भएका थिए। छनौट हुदै आएका मध्ये १२ जनाबाट भोटिङ राउण्ड सूरु गरिएको थियो। १२ जना मध्ये निर्णायकको मूल्यांकन ५० अंक र दर्शकले दिने भोटको ५० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जांदा अन्तिम तीनजनाबीच उपाधि भिडन्त भएको हो।

विजयी प्रतियोगीहरुलाई रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे,सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशराज पौडेल लगायतले पुरस्कार प्रदान गर्दै नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए।

प्रतियोगिताको संयोजकमा लोकेन्द्र शाह तथा निर्णायकहरुमा सुन्दर गुरुङ,मिना बुढाथोकी र सुमन पौडेल थिए।

एक्स्पोको आज समापन हुने एक्स्पोका प्रचार प्रसार संयोजक फर्सुराम पन्तले बताए। समापन समारोहमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिने छ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व