लुम्बिनी एक्स्पोमा ५० करोडकाे कारोवार

रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा बुटवल पुस ५ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै बुधबार सकिएको छ ।

मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी केन्द्रमा १४ दिनसम्म संचालन भएको एक्स्पोका १० लाख दर्शकले अवलोकन गर्दा ५० करोड कारोबार भएको दाबी आयोजकको छ ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा एक्स्पो गर्न पाउँदा व्यवस्थापनमा धेरै सहज भएको जनाए ।

उनले एक्स्पोमा संघले राखेको १० लाख दर्शकको अवलोकन र ५० करोड कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको जनाए ।
अध्यक्ष घिमिरेले कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गर्दा सबै क्षेत्रबाट राम्रो सन्देश पाएको बताए ।

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरे । स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितीय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।

त्यसैगरी, स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएका छन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि गिरीले वर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै सरकार दिशाविहीन बन्दा विकासका काम अगाडि बढ्न नसकेको आरोप लगाए ।

राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउँदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने जनाए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए ।

मेलाको पुस ५ गते नेपाल सरकारका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टलहरु रहेका थिए ।

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित