लुम्बिनी एक्स्पोमा दर्शकको उपस्थिती बाक्लिदाे

बिज्ञापन

बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको छैठौं दिन दर्शकको अत्यधिक चाप बढेको छ । मंगलबार मात्रै ८० हजार बढीले मेला अवलोकन गरेका मेला आयोजक रुपन्देही ब्यापार संघका कार्यसमिति सदस्य एंव मुल समिति सदस्य तथा गेट टिकट संयाेजक दिपक अधिकारीले जनाउनु भयाे । उधौली पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले दर्शकहरुको भीड बढेको  आयोजकले जनाएकाे छ ।

बिज्ञापन

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ पुस ५ गतेदेखि सञ्चालित मेलाको छैठौं दिन हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताउनु भयाे ।

बिज्ञापन

मंगलबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका महासचिव दयानिधी भण्डारीले बताउनुभयाे  । मंगलबार मात्रै मेलामा रहेका ६ सय ६० स्टलहरु तथा बाल उद्यानबाट १० करोड हाराहारीमा ब्यापार भएको अनुमान गरिएको भण्डारीले बताउनु भयाे ।

मंगलबार मेलामा डान्स आइडलको टप टेन प्रतिष्पर्धा सुरु भएको सांस्कृतिक कार्यक्रमका संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयाे । त्यस्तै मंगलबार चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएकी थिइन् ।

बुधबार गायक तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका सपना गाहा मगर, गायक दामोदर बस्याल, डान्सर बबिता बोहोरा र गायिका बिन्दु परियारको प्रस्तुती रहने छ । त्यस्तै बुधबार नै लोक भजन प्रतियोगिता, लोकदोहोरी प्रतियोगिवताको सेमिफाइनल, डान्स आइडल र अन्य विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएकाे छ ।

 

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व