लुम्बिनी एक्स्पोमा दर्शकहरुको घुइचाे

बिज्ञापन

बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको घुइचाे लाग्न थालेकाे  छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा गत शनिवार देखी दर्शक अवलाेकनकर्ताहरूकाे सहभागिता उल्लेख्य देखिएको गेट टिकट संयाेजक दिपक अधिकारीले जानकारी दिनुभयाे ।

बिज्ञापन

आजको दिनसम्म करिव एक लाख पचास हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयाे। साेमबार मात्रै करिव ५० हजार दर्शक भित्रिएकाे टिकट संयाेजक दिपक अधिकारीले जनाउनु भयाे ।

विशेषगरी मेलाको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयाे । साँझकाे चिसाेमा समेत दर्शकहरू सांस्कृतिक कार्यक्रममा झुम्ने गरेकाे संयाेजक पाैडेलले भन्नुभयाे ।

बिज्ञापन

  Lumbini

मेलामा सांस्कृतिक कार्यक्रमतर्फ साेमबार लोक तथा दोहोरी गायक बसन्त लम्साल, खेम सेन्चुरी, मन्जु भट्टराइ, मन्जु पाैडेल, हास्यकलाकार पुर्षाेत्तम भण्डारी पुर्खे बा, डान्सर सविता भुसाल लगाएतकाे  प्रस्तुती रहेकाे थियाे ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रर्वद्धनमा टेवा पुग्ने आयोजकले जनाएकाे छ ।

लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रर्वद्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले बताएकाे छ ।

मेला मूल आयोजक समितिका सदस्य सचिव संघका महासचिव दयानिधी भण्डारीले मेलाबाट उद्योग व्यापारको प्रर्वद्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे। प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले मेलाका अवसरमा विभिन्न क्षेत्रलाई समेटेर गोष्ठीको समेत आयोजना गरिएको बताए ।

महोत्सवको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व