लुम्बिनीमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्राम बनाइँदै

बिज्ञापन

दाङ । लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ। जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ।

बिज्ञापन

कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले विभिन्न स्थानमा पुगी छलफल पनि सुरु गरेको छ। केही समयपछि आ–आफ्नो जातजाति र संस्कृतिको संरक्षण भएको महसुस गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए।

उनका अनुसार सांस्कृतिक ग्राम बनाएसँगै झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन्। दाङमा थारू जातिको बाहुल्यता र इतिहास भएकाले थारूग्राम सांस्कृतिक ग्राम बन्ने समेत उनको भनाइ छ। यस्तै बाँके र बर्दियामा पनि थारूग्राम बनाइने उनले बताए।

बिज्ञापन

उनले भने,‘ लुम्बिनी प्रदेशमा सबै संस्कृति बचाउनको लागि उद्देश्यले नै हामीले यो काम गर्दछौँ। जसले गर्दा थारू, मगर, मधेशको संस्कृति बच्ने छ। हामीलाई मगरहरूका संस्कृति खाना परिकारहरू खाने मन लागेमा मगर ग्राममा गएर खान सक्छौँ। थारूको परिकार र रहनसहन पनि मा पाउन सक्छौ। एकातिर संस्कृतिको संरक्षण र अर्कातिर आर्थिक आयआर्जन पनि हुन्छ।’

उनका अनुसार बर्दियाको नेशनल पार्कमा सबै जातजतिहरूको कला संस्कृति राखिनेछ। बर्दियाको भौराटप्पा, बाँकेको राप्ती सोनारी, दाङको घोराहीमा थारूग्राम र दंगीशरण गाउँपालिकाको चखौरामा रहेको थारू संग्रहालयको विकास गरिनेसमेत उनले बताए।

यसैगरी, रुकुम र रोल्पालाई मगर ग्राम, प्युठान, गुल्मी, अर्घाखाँचीमा ब्राह्मण र क्षेत्रीहरूका कला संस्कृतिलाई संरक्षण गर्नको लागि जोड दिइएको समेत मन्त्री चौधरीले बताए।

यस्तै, पाल्पामा मगर ग्राम र रूपन्देही, कपिलवस्तु नवलपरासीमा थारू र मधेशीहरूको मिसाएर सांस्कृतिक ग्राम बनाउन लागेको समेत उनले बताए। उनले प्रदेशका विभिन्न ठाउँमा बनाउन लागेको सांस्कृतिक ग्रामले संस्कृति र खानपान पनि संरक्षण पनि हुने र संस्कृतिलाई जोडेर यो वर्ष ५ हजार युवा र महिलाहरुले रोजगार दिने कार्यक्रमको लक्ष्य रहेको समेत बताए।

त्यस्तै मन्त्रालयका सचिव महेश चन्द्र न्यौपानेका अनुसार प्रत्येक क्षेत्रलाई ६५ लाख बराबरको बजेट र अनुसन्धानका लागि मात्र एक करोड रकम विनियोजन गरिएको छ। उनले भने,‘ हरेक ठाउँको खानपान रहन सहनको अनुसन्धान गर्ने र त्यहाँ अहिले कस्तो छ, त्यसलाई कसरी स्तरीकरण गर्न सकिन्छ, भन्ने बारेमा अनुसन्धान हुन्छ। विशेषगरी खाद्यान्न र पिए पदार्थहरूको विकास कसरी गर्ने, त्यसलाई कसरी ब्रान्ड गर्ने लगायतका कुरालाई अनुसन्धान गर्न हामीले एक करोड बजेट छुट्टाएका छौँ।’

त्यस्तै, उनले दाङमा अहिले जिल्लामा ठाउँ नतोकिएको भएयता पनि स्थानीयको सक्रियताको हिसाबले ठाउँ तोकिने समेत उनले बताए। उनले संस्कृति जोगाउनको लागि गर्न लागेको यो कार्यक्रममा बजेटको अभाव नहुने समेत बताए।

सम्बन्धित खवर

पशुपतिनाथ मन्दिरकाे भेटी चोरीमा काेषका पदाधिकारी नै संग्लन, आठ जना पक्राउ

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सुनको भाउ आज हाल सम्मकै उच्च

केटीसाथीलाई आँखा झिम्काएको भन्दै ट्रफिक जवानको हत्या गर्ने ७ जना काठमाण्डौंबाट पक्राउ

दारि ग्याङ रुपन्देही द्वारा मिसन कविता-गजल वाचन कार्यक्रम सम्पन्न