लुम्बिनीमा संविधान दिवस: नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान

बिज्ञापन

दाङ-लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेकाे छ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेकाे स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयाे ।

संविधान दिवसकाे अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनकाे लागि नि:शुल्क ल्याव परिक्षण, अाेपिडि शुल्क समेत नि:शुल्क गरिएको छ । मुल समाराेहकाे अवसरमा व्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाकाे स्वास्थ्य जाँच गरिएको थियाे ।यस्तै लमही रक्तसञ्चार केन्द्र संगकाे सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पाेइन्ट रगत संकलन भएको थियाे ।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवामा सडक खाना महोत्सवको रौनक

देवदहमा सञ्चालनमा आयो इन्टेक लाउन्जबार एण्ड होटल

प्रथम बुद्ध मावली क्रिकेट कप ; दोश्रो दिनको खेलमा टटेरा ब्वाईज विजयी

बुद्ध पब्लिकका विद्यार्थी अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागि भारतको पश्चिम बङ्गाल प्रस्थान

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)