लुम्बिनीमा प्रदेश स्थापना दिवस : ५७ जना विभूषित

दाङ – लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।
जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन् ।

यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ख चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ आठ जनालाई, समाजसेवा श्री पदक ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, प्रदेश रत्न पदक ग दुई जनालाई, पुथाश्री शिखर पदक ग एक जनालाई, प्रदेश प्रज्ञा पदक ख दुई जनालाई प्रदान गरिएको छ ।

प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, प्रजापति गौतमी पदक ‘ग’ दुई जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ एक जनालाई प्रदान गरिएको हो ।

त्यस्तै स्थापना दिवसमा विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ । प्रदेश सरकारको चार वर्षका उपलब्धि समेटिएको स्मारिका पुस्तक विमोचन गरिएको छ ।

यसअघि बुटवलमा मनाउँदै आएको स्थापना दिवस यस वर्ष स्थायी राजधानी दाङमा मनाइएको हो । स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरू दाङको देउखुर स्थित राप्ती प्राविधिक शिक्षालायमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी