लुम्बिनीमा पनि पाँचदलीय गठबन्धनबीच तालमेल

बुटवल । लुम्बिनी प्रदेशमा सत्तारूढ पाँचदलीय गठबन्धनबीच स्थानीय चुनावमा तालमेल गर्ने सहमति भएको छ।

बिज्ञापन

यसअघि नेकपा एकीकृत समाजवादीका प्रतिनिधिविनै गठबन्धनका दलहरूको बैठक बसेको थियो। तर बिहीबार बसेको गठबन्धन बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने र चुनावी तालमेललाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

‘वैशाख ३० मा हुने स्थानीय चुनावमा लुम्बिनीमा गठबन्धन बलियो तथा बजबुत बनाउनको लागि नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

यस्तै लुम्बिनीका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था पठाउन सम्बन्धित जिल्लाहरूलाई आग्रह गर्ने निर्णय भएको छ।

जिल्लाहरूमा पनि पाँचदलीय गठबन्धन बैठक बस्न निर्देशन दिने निर्णय पनि उनीहरूले गरेका छन्। साथै अर्को बैठक चैत २७ मा बस्नेछ।

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका लुम्बिनी अध्यक्ष मेटमणी चौधरी, जसपाका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलम उपस्थित थिए।

बैठकपछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनलाई बलियो बनाउँदै लैजाने उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु