Search
Close this search box.
Search
Close this search box.

लुम्बिनीमा एमालेबाट निर्वाचित १९३९ जनामध्ये ६८ जनाले रोजे एकिकृत समाजवादी

बिज्ञापन

रुपन्देही । लुम्बिनी प्रदेशमा एमालेबाट छुट्टिएर गएको माधवकुमार नेपाल नेतृत्वको पार्टीमा अन्त्यन्तै न्युन जनप्रतिनिधिहरु समाहित भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै २१ जना जनप्रतिनिधि एकिकृत समाजवादीमा समाहित भएका छन् ।

बिज्ञापन

स्थानीय तहको निर्वाचनमा निर्वाचित ५१२८ जनप्रतिनिधिमध्ये लुम्बिनीमा एमालेबाट निर्वाचित १९३९ जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । त्यसमध्ये अहिले ६८ जना नेकपा एकिकृत समाजवादीमा लागेका छन् ।

एकीकृत समाजवादी रोज्नेमा वडा सदस्यहरु धेरै छन् । प्रदेशभर चार स्थानीय तहका उपप्रमुखले मात्रै एकीकृत समाजवादी रोजेका छन् । माधवकुमार नेतृत्वको पार्टीमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, दाङको गडवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, अर्घाखाची जिल्ला पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम र प्युठान जिल्लाको प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्यले नेकपा एकिकृत समाजवादी रोजेका हुन । त्यस्तै लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट ५ जना वडा अध्यक्षले समाजवादी पार्टीमा सनाखत गरेका छन् । वडाअध्यक्षहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ को वडाअध्यक्ष भुपबहादुर के.सी.। बाँके जिल्लाको बैजनाथ नगरपालिका–४ का वडाअध्यक्ष कालिबहादुर सिंह, बर्दियाको गुलरिया नगरपालिका–१ का वडाअध्यक्ष प्रतापकुमार गौतम, रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४ का हर्कमान बुढा मगर र नवलपरासी पश्चिम जिल्ला अन्तर्गत बर्दघाट नगरपालिका–९ का वडाअध्यक्ष चन्द्रकान्त चापागाई नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन् ।

बिज्ञापन

वडा सदस्यमा सुर्य चिन्हबाट निर्वाचित सदस्यहरु अहिले अध्यादेशबाट पार्टी फोर्ने र जनप्रतिनिधिहरु समेतले पार्टी छान्न पाउने कानुन बनाएर पार्टी फोर्न सहज बनाएको देउवा सरकारले यहि भाद्र २२ गते बेलुका ५ बजेसम्म पार्टी छान्न पाउने ब्यवस्था गरेको थियो । यस अवधिमा यस प्रदेशबाट गुल्मी र कपिलवस्तु जिल्लाबाट कोही पनि लागेका छैनन भने पाल्लाको रम्भा गाउँपालिका वडा नं.–९ का खुल्ला सदस्यमा निर्वाचित इश्वरीप्रसाद श्रेष्ठ मात्र समाजवादी पार्टीमा लागेका छन् ।

रुपन्देहीको स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित ३७२ जना जनप्रतिनिधिमध्ये ६ जनाले हाल एकिकृत समाजवादी पार्टी रोजेका छन् । उक्त पार्टी रोज्ने सदस्यहरुमा बुटवल उपमहानगरपालिका वडा नं.–२ बाट खुल्ला सदस्यमा सुनिल शाक्य, वडा नं.–३ खुल्ला सदस्यमा निर्वाचित चिनबहादुर गुरुङ्ग, तिलोत्तमा नगरपालिका वडा नं.–११ खुल्ला सदस्यमा विजयी भएका यज्ञश्वर क्षेत्री, देवदह नगरपालिका वडा नं.–७ बाट महिला सदस्यमा निर्वाचित सरस्वती पोखरेल र वडा नं.–७ बाट दलित महिला सदस्यमा निर्वाचित सिता बि.क.रहेको छन् ।

त्यस्तै दाङ जिल्लाका स्थानीय तहमा गडवा गाउँपालिका वडा नं.२ बाट निर्वाचित खुल्ला सदस्य राधेश्याम थारु कुमाल र कार्यपालिका सदस्य देविलाल दुधराधले सताखत गरेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं.–१२ बाट निर्वाचित खुल्ला सदस्य पुष्पा बि.क, वडा नं.–४ बाट महिला सदस्यमा निर्वाचित रचना चौधरी, वडा नं.–१३ बाट महिला सदस्यमा निर्वाचित तिलाकुमारी बुढा सहित कार्यपालिका सदस्य डिल्ली नेपाली र धनबहादुर कुसुन्डाले समाजवादी पार्टी रोजेका छन् । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं.–४ बाट निर्वाचित महिला सदस्य सावित्री रिजाल, वडा नं.–१६ बाट निर्वाचित खुल्ला सदस्य जनक चौधरी र डण्डबहादुर खत्री, महिला सदस्य रमा भण्डारी, वडा नं.–१८ का दलित सदस्य रामदेवी दमिनी वडा नं.–१९ बाट निर्वाचित खुल्ला सदस्य केशरबहादुर पुन र जबहादुर सुनार, दलित सदस्य देउखर नेपाली, कार्यपालिका सदस्य सिता मल्ल र हेमा नेपालीले एमाले छोडेका छन् ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.–१२ बाट निर्वाचित महिला सदस्यनारायणी वली, ५ बाट निर्वाचित खुल्ला सदस्य शंकर खड्का, ६ का खुल्ला सदस्य फागु थारु, ११ का दलित सदस्य हरिकला सुनार छन् भने खजुरा गाउँपालिकामा वडा नं.–१ का खुल्ला सदस्य रामबहादुर शाही र देव बुढा मगर, २ का खुल्ला सदस्य नन्दलाल गुर्ताल, वडा नं.–६ का महिला सदस्य हजुरा बम तथा कार्यपालिका सदस्य राजकुमार धोवी माधवकुमार नेपालको पार्टीमा लागेका छन् । त्यस्तै जानकी कार्यपालिका सदस्य टिकाराम सुनार र नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१बाट निर्वाचित खुल्ला सदस्य डम्बरबहादुर थापाले एमाले परित्याग गरी एकिकृत समाजवादी तिर लागेका छन् ।

बर्दिया जिल्लामा गुलरिया नगरपालिका वडा नं.–१ बाट निर्वाचित महिला सदस्य शुशिलादेवि महतो, १० का खुल्ला सदस्य महेशकुमार चौधरी र कार्यपालिका सदस्य रामचन्द्र लोध छन् त्यस्तै ठाकुरबाबा नगरपालिका वडा नं.–६ का खुल्ला सदस्य प्रशान्त बि.क., बासँगढी नगरपालिका वडा नं.–९ का महिला सदस्य शारदाकुमारी आचार्य, बढैयाताल नगरपालिका वडा नं.–३ खुल्ला सदस्य अमृकाप्रसाद थारुले पनि एमाले छोडेका छन् ।

रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं.–३ का महिला सदस्य खिरमी डाँगी, दलित सदस्य बिजमाली बि.क., खुल्ला सदस्य कर्णबहादुर पुन मगर र तुलबहादुर खत्री र वित्रेणी गाउँपालिका वडा नं.–७ बाट निर्वाचित दलित सदस्य गिताकुमारी नेपाली एकिकृत समाजवादीमा सनाखत गरेका छन् ।

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं.–१४ का महिला सदस्य पञ्चमाया बुढा, खुल्ला सदस्य भागीप्रसाद कामी, सिस्ने गाउँपालिका वडा नं.–६ का खुल्ला सदस्य रुद्रबहादुर बुढाथोकी समाजवादीतिर लागेका छन् ।

प्युठान जिल्लामा प्युठान नगरपालिका वडा नं.–९ का खुल्ला सदस्य निमबहादुर के.सी., दलित सदस्य चित्रकली नगरकोटी, सरुमारानी गाउँपालिका कार्यपालिका सदस्य (अल्पसंख्यक) हलिम मिया हलुवाई, कार्यपालिका सदस्य (दलित) टंकबहादुर सुनार, नौ बहिनी गाउँपालिका वडा नं.–१ खुल्ला सदस्य पुने बुढा मगर, दलित सदस्य दलसरा सुनारले समेत एमाले छोडेर समाजवादीमा प्रवेश गरेका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं.–३ का खुल्ला सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा नं.–१ का महिला सदस्य सुमित्रा मुखिया, शितगंगा नगरपालिका वडा नं.–६ का खुल्ला सदस्य गोविन्द पोखरेल, १३ का खुल्ला सदस्य जिवलाल क्षेत्री, मालारानी गाउँपालिका वडा नं.–५ का खुल्ला सदस्य डालबहादुर चौहानले पनि नयाँ पार्टीमा लागेको भनी सनाखत गरेका छन् ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश