लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ सारियो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय रातारात दाङ सारिएको छ। स्थायी पूर्वाधारहरुको निर्माणबिना नै राजधानी दाङ सारिएको हो। मुख्यमन्त्री कार्यालय दाङमा सारेसँगै बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ।

अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो ।

सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।

अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण स्थायी राजधानी दाङमै गर्ने तयारी थालिएको छ। २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय गरेको थियो। तर, पूर्वाधार निर्माणबिना नै रातारात राजधानी सरिएको हो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल