लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्य विभाजन गरेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेको ९ दिन पछाडी ८ जना विना विभागीय मन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले जिम्मेवारी तोकेका हुन् ।

नेपाली काग्रेसबाट मन्त्री बन्नु भएका धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, प्रचण्डविक्रम न्यौपानेलाई उद्योग मन्त्रालय र बादसाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी एमालेबाट मन्त्री बन्नु भएका भूमिस्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, खेम बहादुर सारुलाई स्वास्थ्य मन्त्रालय र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी प्रदेशमा नेपाली काग्रेसबाट ४ र नेकपा एमालेबाट ४ गरी साउन ९ गते विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका मन्त्रीहरुको कार्यविभाजन नहुदा मन्त्रीहरु काम विहिन बनेका थिए ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना