लियो क्लब अफ लर्ड बुद्धद्वारा सप्ताहब्यापि कार्यक्रम

देवदह // लियो क्लब अफ लर्ड बुद्धले विभिन्न सामाजिक कार्य गर्दै लियो सप्ताहब्यापि कार्यक्रम मनाएको छ । मंसिर १५ गतेबाट शुरु भएको साप्ताहिक कार्यक्रममा पहिलो दिन देवदह नगरपालिका वडा नं ३ , बसन्तपुर स्थित फुलबारी आधारभुत बिद्यालयका ७५ जना विद्यार्थीलाई क्लबले शैक्षिक र खेलकुद सामग्री वितरण गरेको थियो ।

बिज्ञापन

लियो साप्ताहिक अन्तर्गत दोश्रो कार्यक्रम लागूऔषध दुरुपयोग र ट्राफिक सचेतना कार्यक्रम श्री केरवानी उच्च माध्यमिक विद्यालयमा भएको थियो । उक्त कार्यक्रममा करिब १२० विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण टार्फिक ईन्सपेक्टर मधु नेपाल र प्रहरी सहायक निरीक्षक हुमानन्द खनालले गर्नु भएको थियो ।

त्यस्तै १९ गते क्लबले देवदह नगरपालिका वडा नं ४ स्थित श्री महामाया भवानी उच्च माध्यमिक विद्यालयमा दन्त शिविर गरेको थियो । उक्त दन्त शिविर कार्यक्रममा करिब १५० जना विद्यार्थीले चेकजाँच गरेका थिए। शिविर विज्य डेन्टल होमको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

बिज्ञापन

आज २१ गते लियो साप्ताहिकको अन्तिम कार्यक्रम देवदह ४ सिंगाहा स्थिति श्री शान्ति प्रीय आधारभुत विद्यालयलाई तातो पानी पिउनको लागि गिजर तथा विद्यार्थीहरुको लागि क्लबले पिङ हस्तान्तरण गरेका थियो । हस्तान्तरण कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ता भट्टराई , प्रधानाध्यापक शेषनारायण रेग्मी लगाएतले बोल्दै लियो क्लब अफ लर्ड बुद्धले समाजमा पुर्याएको योगदानको विषयमा चर्चा गर्नु भएको थियो ।  कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष संकर पंगेनीको अध्यक्षता र निवर्तमान अध्यक्ष सन्दिप तिवारीको संचालनमा भएको थियो।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना