लियो क्लब अफ लर्ड बुद्धको तिज विशेष तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल । रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धद्धारा तिज विशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२०÷२१ का अध्यक्ष सन्दिप तिवारीले आफ्नो कार्यकालमा कार्यक्रम संयोजक भई भूमिका निर्वाह गरेका र हरेक काममा सक्रिय भई खटिएका सदस्यहरुलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । वर्ष २०२०।२१ को मोस्ट भ्यालुएबल सपोर्ट सागर भट्टराई हुनुभएको थियो भने क्लबको वर्ष २०२०।२१ को लियो अफ दि एअर पवन खरेल हुनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा सम्बोधन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सामाजिक कार्यमा सबै युवाहरु उत्साहित भएर लाग्न आब्हान गर्नुभएको थियो । वहाँले आफुले सोचेजस्तो हुँदा हौसिने र नहँदा निराश नभई निरन्तर संघर्ष गरिरहनुपर्ने बताउनुभएको थियो ।

प्रमुख अतिथि समेत रहनुभएको उपप्रमुख गुरुङले तिज एउटा सास्कृतिक पर्व भएकाले यसलाई मौलिक संस्कृतिका रुपमा निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । वहाँले चाडवाड मनाउँदा अरुले के गर्छ, के भन्छ भनेर होइन, आफुसँग जे छ त्यसैमा खुशीका साथ रमाउन आब्हान समेत गर्नुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिका वडा नं.–४ का वडाअध्यक्ष दिपक चापागाईं, लायन्स क्लब अफ बुटवल खसौलीको अध्यक्ष विष्णुप्रसाद उपाध्याय, रिजन १८ का कोडिनेटर किरनसिंह थापा, क्लबका संस्थापक अध्यक्ष दिपेश मल्ल, पुर्व अध्यक्ष गोपाल पाण्डे ,कमल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्दिप तिवारी, सदस्य मनिसा पाण्डे लगाएतले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।

खैरेनी स्थित बि टु फाईभ कटेज एण्ड रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रम क्लबका अध्यक्ष शंकर पंगेनीको अध्यक्षतामा र क्लबका डाईरेक्टर अनिस पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लबको स्पोर्ट डाईरेक्टर आशिष पोख्रेलले स्वागत र कार्यक्रम संयोजक तथा क्लबका तेश्रो उपाध्यक्ष विवेक कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा