लियोद्वारा विद्यार्थीलाई शैक्षिक , खेलकुद सामग्री वितरण

देवदह /लियो क्लब अफ लर्ड बुद्धले विद्यार्थीलाई शैक्षिक , खेलकुद सामग्री एक कार्यक्रम बीच वितरण गरिएको  छ ।

देवदह नगरपालिका वडा नं ३ , बसन्तपुर स्थित फुलबारी आधारभुत बिद्यालयका ७५ जना विद्यार्थीलाई क्लबले शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो ।

क्लब को अध्यक्ष शंकर पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैकुण्ठ कुवर, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ओम प्रकाश न्यौपाने, लियो क्लब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेश मल्ल, पुर्व अध्यक्ष गोपाल पाण्डे , निवर्तमान अध्यक्ष सन्दिप तिवारी लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं ३ का अध्यक्ष बैकुण्ठ कुवरले विधालयको भौतिक पुर्वाधार मात्र नभई शैक्षिक सुधारमा लाग्न जोड दिनुभएको थियो।

कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धका प्रथम उपाध्यक्ष प्रदिप पाण्डेको संचालनमा भएको थियो । फुलबारी अधारबुत बिधालयका प्राध्यापक पुर्ण बहादुर कुवरले बिधालयका   बालबालिका समक्ष प्रत्यक्ष रुपमा पुगेर सहयोग वितरण गरेर लियो क्लब अफ लर्ड बुद्धले निकै प्रशंशनिय कार्य गरेको र  बालबालिकालाई राहत हुने बताए ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते