लियोद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता

देवदह // रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धद्वारा अन्तर क्लब मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सनिवार खैरेनी स्थित बि २५ कटेज एण्ड रेस्टुरेन्टमा भएको हो ।

बिज्ञापन

साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्ने गरिन्छ । त्यसैले पनि क्लब भित्र मेहेन्दी प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक लियो अस्मिता पाण्डेले बताउनु भयो ।

प्रतियोगितामा सहभागी ६ समुहलाई पछि पार्दै पुजा सापकोटा प्रथम भएकी हुन् । उनी क्लबको बर्ष २०२१/०२२ को कोषाध्यक्ष पनि हुन । मेहेन्दी प्रतियोगिताको निर्णयकको भुमिका पवित्रा गोतामे र दिपा मगरले गर्नु भएको थियो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङले सम्भवत यो देवदह मै पहिलो कार्यक्रम भएको र यसले कल्बको महिला सदस्यहरुमा निकै राम्रो प्रभाव पर्ने बताउनु भयो । आगामी दिनमा यो कार्यक्रमलाई क्लब भित्र मात्र नभइ खुल्ला प्रतियोगिता गर्नी गरि तयारी गर्न आग्रह गर्नुभएको थियो । यो रचनात्मक कार्यक्रम आफुलाई पनि बोलाएकोमा खुसी हुँदै क्लबलाई धन्यवाद साथै आगामी दिनमा पनि सिंगो देवदह नगरपालिका र आफ्नो तर्फ बाट आउदा दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा लायन्स कल्ब अफ बुटवल खस्यौलीका पुर्व अध्यक्ष एवं लायन्स क्लब इन्ट्र्नेसनलका जोन चेयर पर्सन राजु पौडेल,लायन्स कल्ब अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णु उपाध्यायल, लियो कल्ब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेस विक्रम मल्ल, पुर्व अध्यक्ष सन्दिप तिवारी लगाएतले बोलेका थिए ।

कार्यक्रममा नपाल बाल संघठन ,रुपन्देहीको जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ, क्लबका पुर्व अध्यक्षहरु विजेन्द्रमान शाक्य, गोपाल पाण्डे , कमल ज्ञवाली र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबको अध्यक्ष लियो संकर पंगेनीको अध्यक्षता र क्लबका सचिव अभिषेक पौडेलको संचालनमा भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना