लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

काठमाडौं । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम तय गरिएको थियो।

बिज्ञापन

राष्ट्रिय आवास कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्रीको हैसियतबाट झाँक्रीलाई प्रमुख अतिथि बनाइएको थियो। काठमाडौंबाट लालपुर्जा बाँड्न जाने मन्त्री र उनका निजी सचिव, स्वकीय सचिव तथा मन्त्रालयका उच्च कर्मचारीका लागि टिकटको व्यवस्था पनि भइसकेको थियो।

२८ गते बिहानै मन्त्री झाँक्री नेतृत्वको टोली नवलपरासी जाने कार्यक्रम थियो। अकस्मात् अघिल्लो दिन दिउँसो नापी कार्यालय नवलपरासीले लालपुर्जा नै तयार नभएको जानकारी गरायो। नापीले लालपुर्जा नबनाएपछि मन्त्रीको कार्यक्रम स्थगित भयो।

बिज्ञापन

भूमि व्यवस्था मन्त्रालयमातहत रहेको नापी कार्यालयले मन्त्रालयकै निर्देशनमा लालपुर्जा नबनाएको आरोप लागेको छ। मन्त्रालयको निर्देशनपछि लालपुर्जा वितरणको काम रोकिएको स्रोतले बतायो। यसबाट भूमिहीनलाई लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी चलेको देखिएको छ। यो विवाद अझै सल्टिएको छैन।

‘लालपुर्जा बाँड्ने काम भूमि व्यवस्था मन्त्रालयको हो भन्ने भूमि व्यवस्थामन्त्रीज्यूको बुझाइ रह्यो,’ भूमि व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘यसमा सहरी विकास मन्त्रालयले आफ्नो अधिकारक्षेत्र नाघेको उहाँको दाबी छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा