देवदह । लायन्स क्लव अफ देवदह युनाईटेडको तेस्रो नियमित बैठक तथा वार्षिक कार्ययोजना बिषयमा छलफल सम्पन्न भएको छ । लायन्स क्लव अफ देवदह युनाईटेडको लायन वर्ष २०२४/२५ को तेस्रो नियमित बैठक शनिबार सम्पन्न भएको हो। बैठकमा लायन वर्ष २०२४/२५ को लागि नयाँ कार्ययोजनाको विषयमा छलफल गरिएको अघि थियो ।
छलफलले लायन्स को भावना र मर्म अनुसार काम गर्ने र सो बाहेक सदस्यको चाहनाअनुरुप समाज र परिवारको हित हुने कार्यक्रम अगाडि बढाएको थियो । सदस्यता शुल्क, निति नियम निर्माण , बिधान शंशोधन, जिम्मेवारि बाडफाड आदि जस्ता महत्वपुण बिषय उपर छलफल गरि आगामि शनिवार बृक्षरोपण गर्ने निर्णय गरिएको थियो ।
बैठकमा सदस्य तथा बोर्ड सदस्य हरुलाई प्रमाणपत्र, पिन, पेन र किट क्लबका अध्यक्ष माधब आचार्यज्युले वितरण गर्नुभएको थियो । २२ जना बोर्ड सदस्य तथा सदस्य, २ जना नव सदस्य बिक्रम भुसाल र शिब थापा सहित २४ जनाको उपस्थिति रहेको बैठक वर्ष २०२४/२५ का अध्यक्ष माधब आचार्यको अध्यक्षता, तृतीय उपाध्यक्ष मणिलाल तिवारिको स्वागत, दृतिय उपाध्यक्ष टिकाराम चपागाइको धन्यवाद ज्ञापन र सचिव लायन अर्जुन कुमार गुरुङको संचालनमा सम्पन्न भएको थियो ।