लायन्स क्लव अफ देवदहद्धारा तिज उत्सव मनाउने तयारी, भवन परिसरमा वृक्षारोपण

बुटवल । रुपन्देहीको लायन्स क्लव अफ देवदहले तीजको शुभकामना अदानप्रदान सहितको तिज उत्सव मनाउने भएको छ । क्लवको अध्यक्ष बिनोद थापा मगरको अध्यक्षतामा आज बसेको बैठकले यहि भाद्र २० गते आइतबार लियोसँग सहकार्य गरि तीज उत्सव मनाउने निर्णय गरेको हो । उक्त कार्यक्रमका लागि क्लवका डाइरेक्टर हिरालाल कंडेललाई संयोजक तोकेको छ ।

बिज्ञापन

बैठकले यहि भाद्र १० गते रातिदेखि देशभर परेको अविरल वर्षाको कारण देवदहमा ठूलो क्षति पुगेको प्रति दुःख व्यक्त गर्दै वास्तविक पिडित परिवारको पहिचान गरि क्लवको तर्फबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । यसका लागि क्लवका तृतीय उपाध्यक्ष कृष्णराज पौडेललाई संयोजनको जिम्मेवारी दिइएको क्लवका सचिव सृजना ओली सापकोटाले बताउनुभयो ।

त्यस्तै लायन्स क्लव अफ देवदहले कामना सेवा विकास बैँक देवदह शाखासँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । नायन्स क्लव र कामना सेवा विकास बैंकको सयुक्त आयोजनामा गरिएको वृक्षरोपणमा ५३ ओटा अशोका र २ ओटा धुपीको विरुवा रोपिएको कामना सेवा विकास बैक देवदह शाखाका प्रबन्ध निर्देशक तथा लायन्स सदस्य रवि पौडेले बताउनुभयो । यसभन्दा अगाडी लायन्स क्लव अफ देवदहले विरुवा रोप्ने, संरक्षण तथा हुर्काउने जिम्मेवारी स्वयंले लिने गरि जोडी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेको थियो ।

बिज्ञापन

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन गुमानसिहं केसी, आईपीपी रामबहादुर गुरुङ्ग लियो अध्यक्ष आयुष पंगेनी लगायतले आफ्नो महत्वपूर्ण भनाईहरु राख्नुभएको थियो । कार्यक्रम क्लवका तृतीय उपाध्यक्ष कृष्णराज पौडेलको स्वागत र सचिव सृजना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन