लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम चार्टर्ड नाईट कार्यक्रम सम्पन्न

देवदह । लायन्स क्लब अफ देवदह युनाईटेडले प्रथम चार्टर्ड नाईट एण्ड इन्डक्सन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष माधव आचार्यको अध्यक्षता र अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गले छाटो समयमा नै लायन्स क्लब अफ देवदह युनाइटेडले समाजमा उदाहरणीय काम गरेको भन्दै अन्य क्लबको लागि पनि उदाहरणीय बनेको बताउनुभयो ।

कार्यक्रममा प्रथम डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बालराम भट्टराई, डिस्ट्रीक को-चिफ एड्भाईजर विष्णु पौडेल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, क्लबका उपाध्यक्ष मनिलाल तिवारी, कोषाध्यक्ष प्रविन गौडेल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

सोही अवसरमा क्लबका अध्यक्ष माधव आचार्यले क्लबका चार्टर्ड मेम्बरहरुलाई सम्मान समेत गर्नुभएको थियो । संग संगै क्लबले तयार पारेको डाईरेक्ट्री पनि विमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा डिस्ट्रीक क्याबिनेट अफिसरहरु, लायन्स मेम्बरहरु र विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबको प्रथम उपाध्यक्ष गणेश सापकोटाको स्वागत तथा क्लवका सचिव अर्जुन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी