देवदहमा विभिन्न पेशा, व्यवसाय सामजिक संस्था र शिक्षण पेशामा आबद्ध जुझारु व्यक्तिहरुबाट नयाँ लायन्स क्लबको स्थापना भएको छ। संस्थापक अध्यक्ष लायन माधव आचार्यको अध्यक्षतामा २५ सदस्यीय संस्थापक समिति रहने गरी “लायन्स क्लब अफ देवदह युनाइटेड” को स्थापना भएको छ । लायन्स जिल्ला परिषद् ३२५ पी अन्तरगत रहेको लायन्स क्लब अफ देवदहको स्पोनसरसिपमा सो क्लब स्थापना भएको हो।
भिजन, डाइबिटिज, हंगर, इन्भायरमेन्ट र क्यान्सरको क्षेत्रमा काम गर्ने गरि स्थापना भएको सो क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः ला. गणेश सापकोटा, ला. टीकाराम चापागाई, ला. मणिलाल तिवारी चयन भएका छन्। त्यस्तै क्लबको सचिवमा ला. अर्जुन कुमार गुरुङ्ग, कोषाध्यक्षमा ला. प्रविन गौडेल, सह सचिवमा ला. कमल थापा र सह कोषाध्यक्ष ला. रोजि गुरुङ्ग रहेका छन्।
यसैगरी
डाइरेक्टरमा रहने सदस्यहरूमा
पि.आर.ओ. ला. काशिराम रेग्मी,
टेल टुइस्टर ला. अनन्तराम भण्डारी,
एल.सी.आई.एफ कोर्डिनेटर ला. विष्णु प्रसाद अर्याल,
क्लब सर्भिस चियर ला. यमलाल शर्मा,
टेमर ला. किसन थापा दर्लामी,
क्लब मार्केटिङ चियर ला. अर्जुन थापा,
क्लब मेम्बरसिप चियर ला. केशव खनाल,
डाइरेक्टर ला. विक्रम पौडेल,
डाइरेक्टर ला. सुरज तिवारी,
डाइरेक्टर ला. गोकुल अर्याल,
डाइरेक्टर ला. विष्णु प्रसाद पाण्डे,
डाइरेक्टर ला. सागर अधिकारी
र सदस्यमा
ला. अंकित पौडेल
ला. महेश्वर पराजुली,
ला. लक्ष्मण पाण्डेय (राजु),
ला. कमल न्यौपाने र
ला. खिल प्रसाद पाठक (कृष्ण) रहनुभएको छ।
कार्यक्रममा डिष्ट्रीक्ट ३२५ पि नेपालका डिष्ट्रीक्ट एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेलले लायन्स क्लव अन्र्तराष्ट्रिय स्तरमा धेरै सामाजिक काम गर्ने संघसंस्थासगै नेत्तृव तथा व्यक्तित्व विकासमूलक अन्तर्राष्ट्रिय संस्था रहेको बताउनु भएको थियो । युवा जोशलाई कुनै पनि शक्तिले रोक्न नसक्ने र युवाहरु सामाजिक काममा प्रेरित भैरहेकाले आफुलाई निकै खुसी लागेको बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष तथा क्लस्टर चिफ लायन राम बहादुर गुरुङ , तथा अतिथी लायन विष्णु प्रसाद ज्ञवाली लगाएतले आ–आफ्नो भनाइ राख्नुभएको थियो।
कार्यक्रम प्रथम सत्र लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन मन बहादुर क्षेत्रीको अध्यक्षता र दोस्रो सत्र लायन्स क्लव अफ देवदह युनाइटेडका संस्थापक अध्यक्ष लायन माधव आचार्यको अध्यक्षतामा भएको उक्त वैठक क्लबका सचिव लायन अर्जुन कुमार गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।