लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न

देवदह//लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार देवदह ७ पिपलडाडा स्थित होटेल ॐ दर्शनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्ष २०२१/२२ का अध्यक्ष लायन दिपेश बिक्रम मल्लले बर्ष २०२२/२३ का अध्यक्ष लायन प्रनिल जिसिलाई पद हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम दुई चरणमा सप्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ पी नेपालका डिस्ट्रीक डेपुटी ट्रेजरर लायन ऋषिराम सापकोटाले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले क्लबले विभिन्न क्षेत्रका युवाहरूलाई एकीकृत बनाइ समाजसेवाको बाटोमा अग्रसर बनाएको बताउदै युवाहरुको टिमले नै समाजलाई परिवर्तन गरि समृदिको बाटोमा डोर्‍याउन सक्ने बताउनु भएको थियोे । त्यस्तै कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ पी नेपालका जोन १८ का जोन चियर पर्सन लायन राम बहादुर गुरुङ , लायन्स क्लब देवदहका बर्ष २१/२२ का अध्यक्ष लायन बिनोद थापा मगर तथा नागरिक समाज रुपन्देहीका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल लगाएतले बोल्दै नयाँ समितिलाई कार्य सफलताको शुभकामना दिनुभएको थियो।   लायन वर्ष २२/२३ काे लागि क्लबको प्रथम उपाध्यक्षमा कमल पौडेल , दोश्रो उपाध्यक्ष विजय अमागाइ , तेश्रो उपाध्यक्ष बिमल तिवारी , सचिब नवीन थापा मगर, सह सचिब नरेस राना , कोषाध्यक्ष दिपेस पाण्डेय र सह कोषाध्यक्षमा उत्तम घिमिरे चुनिएका छन् । कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपेश मल्लले अध्यक्षको प्रतिवेदन र क्लबका कोषाध्यक्ष बिमल तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो । कार्यक्रम क्लबका सचीव नबिन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन