लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

बिज्ञापन

देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले क्लबको चौथो चार्टर्ड नाईट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष डा.विजय अमगाईको अध्यक्षता र अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले समाजमा गरेका कामको उच्च मुल्यांकन गर्दै प्रशंसा गर्नुभएको थियो । उहाले क्लबलाई लायन्सको सेवा भाव भावनालाई आत्मसाथ गर्दै आफ्ना कामलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा मल्टिपल डिस्ट्रीक मार्केटिङ कोडिनेटर पिडिजी एमजेएफ अरुण प्रताप राना, डिस्ट्रीक क्याबिनेट कोषाध्यक्ष एमजेएफ प्रकाश कुमार श्रेष्ठ, डिस्ट्रीक डेपुटी चिफ -जीएलटी लायन राम बहादुर गुरुङ, डिस्ट्रीक जिएटी टिम-जिएमए मिना पाण्डे, डिस्ट्रीक डिपार्टमेन्ट मेम्बर- जीएमटी तथा लायन्स प्रोफेशनल युथको संस्थापक अध्यक्ष दिपेश मल्ल लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।

बिज्ञापन

सोही अवसरमा क्लबका अध्यक्ष डा. विजय अमगाईले क्लबका चार्टर्ड मेम्बरहरुलाई सम्मानपत्रले सम्मान समेत गर्नुभएको थियो। साथै क्लबमा ३ जना नयाँ सदस्यलाई समेत स्वागत गरिएको थियो।

कार्यक्रममा प्रथम डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बालराम भट्टराई, लायन्स क्लब र अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

क्लबको प्रथम उपाध्यक्ष बिमल तिवारीको स्वागत तथा क्लवका सचिव दिनेश चौधरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको संयोजन क्लबका प्रथम उपाध्यक्ष नविन थापा मगरले गर्नुभएको थियो।

 

सम्बन्धित खवर

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)

कोलिय देवदह सहकारीको तारापुञ्ज सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

कोलिय देवदहको ३ सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न

लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

प्रथम बुद्ध मावली क्रिकेट कप हुदै, ट्रफी र जर्सी सार्वजनिक