देवदह // लायन्स क्लब अफ देवदहको सातौं पद हस्तान्तरण तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । सनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा बर्ष २०२१/२२ का अध्यक्ष लायन बिनोद थापा मगरले बर्ष २०२२/२३ को अध्यक्ष लायन विक्ष्णु ज्ञवालीलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले नयाँ समितिलाई शुभकामना दिँदै लायन्स क्लब अफ देवदहले क्लब स्थापना भए देखि नै निस्वार्थ रुपले सामाजिक कार्य गर्दै आएको बताउदै क्लबलाई धन्यवाद पनि दिनु भएको थियो । लायन्स क्लब अफ देवदहले आँखा अस्पताल सञ्चालनमा ल्याउने जुन सपना देखेको छ, त्यो कार्यले पुर्णता पावस भन्ने शुभकामना दिनुभएको थियो । त्यस्तै कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ पी नेपालका दोश्रो भाईस डिस्ट्रीक गभर्नर पुरुषोत्तम भक्त प्रधानङ्ग , क्लबका पुर्व अध्यक्ष लायन ऋषिराम सापकोटा लगाएतले बोल्दै नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो । लायन वर्ष २२/२३ काे लागि क्लबको प्रथम उपाध्यक्षमा मन बहादुर क्षेत्री, दोश्रो उपाध्यक्ष कृष्ण राज पौडेल, तेश्रो उपाध्यक्ष सृजना ओली सापकोटा, सचिब गणेश क्षेत्री, सह सचिब देबु भट्टराई , कोषाध्यक्ष विक्ष्णु पाण्डे र सह कोषाध्यक्षमा दिपक चापागाईं चुनिएका छन् ।
कार्यक्रममा क्लबका अध्यक्ष बिनोद थापा मगरले अध्यक्षको प्रतिवेदन र क्लबका कोषाध्यक्ष शिला मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो । कार्यक्रम पहिलो सत्रमा संस्थाको सह-सचिव बाेधराज गौडेल र दोश्रो सत्रमा नव निर्वाचित सचिब गणेश क्षेत्रीले सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा बर्ष २०२१/२२ मा उत्कृष्ट कार्य गरेका लायन्स सदस्यहरु विभिन्न विधामा सम्मानित गरिएकाे थियाे भने लायन्सका हरेक गतिविधिलाई मिडियामा पुर्याउने काम गरेको भन्दै देवदहमा क्रीयाशिल पत्रकारहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।