Search
Close this search box.
Search
Close this search box.

लायन्स क्लब अफ देवदहको छैठौं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

बिज्ञापन

देवदह // लायन्स क्लब अफ देवदहको छैठौं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसर पारेर चार्टर्ड चार्टर्ड मेम्बर तथा अन्य सदस्यलाइ सम्मान गरिएको थियो । कार्यक्रम होटम ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा भएको थियो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सांसद डा कृष्ण न्यौपानेले कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदहले गरेका कामहरूको प्रशंसा गर्नु भएको थियो । उहाँले प्रदेश सरकारबाट यस अघि आँखा अस्पताल संचालनका लागि १० लाख रुपैयां विनियोजन गरेको र आँखा अस्पताल चाडो संचालनमा ल्याउन समेत आग्रह गर्नुभएको थियो। संचालन गर्नको लागि अझै पनि आफुले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्घता पनि व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा लायन डिस्ट्रीक चिफ एड्भाईजर लायन उमंग देवकोटाले क्लबले अघि सारेका प्रोजेक्ट सफल पार्न र लायन्स आँझा अस्पताल संचालनमा ल्याउन लायन्स डिस्ट्रीक्र आफ्नो तर्फ बाट पुर्ण सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्व माधव रिमालले सबै सामाजिक संस्था सामाजिक काममा लागे सामाजको मुहार फेर्न सकिने र समाज सबैको , देश सबैको भएकाले समाज प्रती सबैले आफुलाइ समर्पित गरे मात्रै जीवन सार्थक हुने बताउनु भएको थियो ।

बिज्ञापन

कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष लायन विक्ष्णु पौडेल, लायन्स क्लब अफ पाकरी वृक्षको संस्थापक अध्यक्ष लायन मिना गुरुङले लगाएतले आफ्नो बिचार राख्नुभएको थियो। क्लबका अध्यक्ष लायन बिनोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबको दोस्रो उपाध्यक्ष विक्ष्णु ज्ञवालीले स्वागत र तेश्रो उपाध्यक्ष कृष्ण राज पौडेलले धन्यवाद ज्ञापन गरेका थियो । कार्यक्रमको संचालन भने  क्लबको सचिब लायन सिरु ओलि सापकोटाले गर्नुभएको थियो ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश