लायन्स क्लबद्वारा मन्दिर परिसरमा वृक्षरोपण

देवदह // लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । देवदह ४ भवानीपुर स्थित मायादेवी मन्दिर परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जि एस टि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले वृक्षरोपण कार्यक्रम पवित्र कार्य भएको बताउँदै यसलाई लायन्स बाटिकाको कन्सेप्टमा लैजान आग्रह समेत गर्नुभयो । उहाले वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहने र रेखदेख गर्न क्लबका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले मन्दिर क्षेत्रलाई सफा, सुरक्षित र रमणीय बनाउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाले वातावरण संरक्षणका लागि युवाको सक्रियता सुखद रहेको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा आँप, लिचि, असोका, चेरि, कपुर लगायतको बिरुवा रोपिएको थियो । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, संस्थाका सदस्य र समाजसेवीहरु उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष विजय अमगाईको अध्यक्षता, उपाध्यक्ष गोपाल पाण्डेको स्वागत र क्लबका सचिब दिनेश चौधरीको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी