लमही खानेपानी प्रगतिशील प्यानलका पौडेल निर्वाचित

देउखुरि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन ।

शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्वाचित भएका हुन । अध्यक्षमा पौडेलल १ सय १९ को मतान्तरले विजयी भएका छन भने उनको प्रतिस्प्रधी बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरे । त्यसैगरी जनपंक्षिय संयुक्त प्यानका अध्यक्ष पदका उम्मेदवार श्यामलाल खनालले ६ सय ९५ र स्वतन्त्रबाट बुद्धिमान् चौधरीले ४ सय ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष पौडेल पुर्व कार्य समिति सचिव समेत हुन । कार्य समितिको उपाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट शिवा चौधरी ९ सय १२ मत प्राप्त गरि विजयी भएका छन भने उनकि प्रतिद्वन्दीहरू जनपंक्षिय संयुक्त प्यानलकि हुमा कुमारी पाण्डे (सपना) ले ७ सय ९५ र प्रगतीशिल प्यालनको लक्ष्मी खड्काले ७ सय ८५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले ८ सय ३६ मत प्राप्त गरि विजयी भएका छन । उनको प्रतिद्वन्दीहरू प्रगतिशील प्यानलका सुधिर कुमार रेग्मीले ७ सय ७४, जनपंक्षिय प्यानलको ऋषिराज रावत क्षेत्रीले ६ सय ८४ र स्वतन्त्रको शशिराम नेपालीले ३ सय १ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा जनपंक्षिय प्यानलबाट श्यामलाल भण्डारीले ८ सय १७ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्वन्दीहरू संयुक्त लोकतान्त्रिक प्यानलका हल्लु प्रसाद चौधरीले ७ सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले ७ सय ९३ र स्वतन्त्रबाट ज्योती कुमार चौधरीले एकसय मत प्राप्त गरे । यसैगरी सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपाल प्रसाद खनालले ८ सय ८०, प्रगतिशील प्यानलका कमल नारायण चौधरीले ९ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दिनमणी खनालले ८ सय ५४ मत प्राप्त गरि विजयी भए । उनिहरूको प्रतिस्पर्धीहरू संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्द सिंह बस्नेतले ७ सय ८२, देविराम भण्डारीले ८ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्या देवि थापाले ८ सय ११, जनपंक्षिय संयुक्त प्यानलबाट सुरेश कुमार गुप्ताले ८ सय ५३, सोही प्यानलका सुनिल चौधरीले ६ सय ७० र मदन सिंह वलीले ६ सय ९ मत प्राप्त गरे । त्यसैगरी महिला सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यानलबाट बबिता खत्रीले ९ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले ८ सय ७७ मत प्राप्त गरि विजयी भए ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त