रोहिणीमा बालिका बीमा कार्यक्रम : गाउँपालिकाले बालिकाकाे खातामा २० हजार राखिदिने

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरु गरेको छ ।

ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताउनु भयाे ।

बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम शुरु गरिएको यादवले बताउनु भयाे। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गर्ने भएकाे छ । यो कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास लिइएको यादवले बताउनु भयाे ।

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनुभयो ।

‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ’, उहाँले भन्नुभयो,’अभियानअन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् ।’ यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार एकपटक राखिदिने  र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनुभयो ।

उहाँले आउँदाे वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी