रोल्पाको लुंग्रीमा अनेरास्ववियुको कमिटी निर्माण

रोल्पा । नेकपा एमाले निकट अनेरास्ववियुले रोल्पाको लुंग्री गाउँपालिकामा पहिलो पटक कमिटी निर्माण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भिमा डिसीको प्रमुख आतिथ्यतामा सोमबार रोल्पाको गुम्चालमा सम्पन्न भएको लुंग्री गाउँपालिकाको प्रथम सम्मेलनले प्रतिक खड्का अध्यक्ष रहेको २९ सदस्यीय गाउँ कमिटी निर्माण गरेको हो । जसको उपाध्यक्षमा शर्मिला बुढाथोकी, सचिवमा केशव कामी, सहसचिवमा बलराम बुढाथोकी, गिता घर्ति मगर र तिरबहादुर नेपाली रहनुभएको छ । त्यस्तै सदस्यमा प्रकाश खड्का, माधव रोका, प्रशान्त रोका, सन्देश विष्ट, लोकेन्द्र रोका, सेमकला रोका, शुशिला रोका, पार्वता बुढाथोकी, नरसिंह माझी, धनेन्द्र पुन मगर, चमिला रोका, झरना रोका, मम्पिता रोका, सरोज बुढाथोकी, पूर्ण रोका, मिनबहादुर बिष्ट, रिमा बुढाथोकी, तेरुसा बुढाथोकी, धनकुमार बिष्ट, बिशाल बि.क. रहनुभएको छ ।

बिज्ञापन

 कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भिमा डिसीले अनेरास्ववियुले सर्वशुलभ, आधुनिकिकरण, गुणस्तरीय तथा अनुसन्धानमुलक शिक्षामा सबैको सहज पहुँच पु¥याउन विगतदेखि बर्तमानसम्म निरन्तर आवाज उठाउँदै आएको बताउनुभएको थियो । वहाँले सामुदायिक र नीति कलेज तथा स्कुलहरुले धनी र गरिव बिचको खाडल पैदा गरेको भन्दै यसको अन्त्यका लागि अनेरास्ववियु निरन्तर लागिरहेको बताउनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएको डिसीले विकृति र विसंगतिका विरुद्ध अनेरास्ववियुले आवाज उठाउनका लागि पालिका तहसम्म कमिटी निर्माण गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले रोल्पा जिल्ला कमिटी सदस्य तथा लुंग्री गाउँपालिका इन्चार्ज कमल बुढाथोकीले सामाजिक रुपान्तरणका लागि युवा विद्यार्थीको महत्वपूर्ण भुमिका रहने बताउनुभएको थियो । माधव रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिक खड्काले गर्नुभएको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना