रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८०; चौथो दिनको खेलमा देवकोटा क्याम्पस र रोयल गुल्मी विजयी

रुपन्देही । रुपन्देहीको देवदहमा जारी रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० अन्तरगत मंगलबार दुई खेल भएका छन् । मंगलबार भएको दुई खेलमा माहाकवि देवकोटा क्याम्पस र रोयल गुल्मी बिजयी भएका हुन् ।

चौथो दिनको पहिलो खेलमा ड्रीम देवदहलाई २५ रनले रनले पराजित गर्दै महाकवी देवकोटा क्याम्पस बिजय भएको हो । पहिले टस जितेर ब्याटिङ गरेको महाकवी देवकोटा क्याम्पसले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ९५ रन बनाएका थिए। टिमका लागि सन्देशले ३४ रन, रिशिले १५ र प्रकाशले १४ रन जोडेका थिए। बलिङ तर्फ ड्रीम देवदहका अर्बर अलि र कृष्ण न्यौपानेले २-२ विकेट, आशिष गौतम र मनिष क्षेत्रीले १-१ विकेट लिएका थिए।

९६ रनको लक्ष्य पाएको ड्रीम देवदहले १५ ओभर १ बलमा ७० रन जोडी अल आउट हुन पुग्य । टिमका लागि दिपशनले १७ रन, आशिष गौतमले १५ रन जोडेका थिए भने बलिङतर्फ महाकवि देवकोटा क्याम्पसका रिशिले ३ विकेट, प्रेम र प्रकाश जिसीले २-२ विकेट र सन्देश र आदित्यले १-१ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दि म्याच सन्देश घोषित भएका थिए।

त्यस्तै मंगलबार भएको दोश्रो खेलमा रोट्रयाक्ट क्लब अफ शुद्धोधनलाई ६५ रनले हराउँदै रोयल गुम्ली विजयी भएको छ। टस जितेर ब्याटिङ गरेको रोयल गुल्मीले १६ ओभरमा ७ विकेट गुमाउदै १३० रन बनाएको थियो। टिमका लागि सम्राट थापाले ५४ रन सुरज सारुले २५ रन जोडेका थिए भने रोट्रयाक्ट क्लबका सुशिल ज्ञवाली र रभि पाठकले ३-३ विकेट लिएका थिए।

१३१ रनको लक्ष्य पछ्याएको रोट्रयाक्ट क्लब अफ शुद्धोधनले मात्र ६५ रन बनाउदा आफ्नो सबै विकेट गुमाउन पुग्यो। टिमका लागि अमृत खड्काले ९ रन, निरज भट्टराई, मनिष ढकाल र आनन्द तिवारीले ८-८ रन जोडेका थिए। बलिङतर्फ सन्देश भण्डारीले ४ विकेट, प्रदिप भण्डारी , बिभेस खाति, नारायण र सम्राट थापाले १-१ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दि म्याच सम्राट थापा घोषित भएका थिए।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास