रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८०; तेस्रो दिनको दोश्रो खेलमा तिनाउँ क्रिकेट क्लब विजयी

Close-up photo of a cricket ball hitting the stumps and knocking off the bails.
बिज्ञापन

रुपन्देही । रुपन्देहीको देवदहमा जारी रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० मा तेश्रो दिनको दोश्रो खेलमा तिनाउँ क्रिकेट क्लब विजयी भएको छ। सोमबार भएको खेलमा एम बि बी सुनवललाई ५८ रनले हराउदै तिनाउँ क्रिकेट क्लब विजयी भएको हो ।

बिज्ञापन

टस जितेर पहिले ब्याटिङ गरेको तिनाउँ क्रिकेट क्लबले
१४.४ ओभरमा अल आउट हुदै ८० रनको टार्गेट दिएको थियो। टिमका लागि महेन्द्र सुबेदीले ३४, शिव मौर्यले १३ रन र अम्जद अलिले ९ रन जोडेका थिए। बलिङ तर्फ एम बि बी सुनवलका भेसमनी र दिप चन्द्रले ३-३ वेकेट र आनन्द यादव र समिर भट्टराईले १-१ विकेट लिएका थिए।

८१ रनको लक्ष्य पाएको एम बि बी सुनवलका कुनै खेलाडीले दाहोरो अंक जोड्न सकेनन्। एम बि बी सुनवलका ९.२ ओभरमा २२ रन जोडी अल आउट हुन पुग्य । टिमका लागि दिप चन्द्रले ६ रन, समिर भट्टराईले ३ रन जोडेका थिए भने बलिङतर्फ तिनाउँ क्रिकेट क्लबका शिव मौर्यले ४ विकेट, महेन्द्र सुवेदीले ३ विकेट, अक्रम अलिले २ र केशवले १ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच महेन्द्र सुवेदी घोषित भएका थिए।

बिज्ञापन
तिनाउँ क्रिकेट क्लब
                     तस्बिरमा तिनाउँ क्रिकेट क्लबका खेलाडी 

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै