रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८०; तेस्रो दिनको पहिलो खेलमा आयोजक रोट्रऱ्याक्ट देवदह विजयी

रुपन्देही । रुपन्देहीको देवदहमा जारी रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० मा आयोजक टिम रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले विजयी सुरुवात गरेको छ। सोमबार भएको पहिलो खेलमा रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले मार्टिन म्युजिक लाई ९१ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक टिमले निर्धारित १६ ओभर खेल्दै ९ विकेटको क्षतिमा १२० रनको टार्गेट दिएको थियो। टिमका लागि कृष्ण पासीले २५ रन, नरेश श्रीसले २४ रन र प्रकाश भण्डारीले २२ रन जोडेका थिए। बलिङ तर्फ मार्टिन म्युजिकका श्रीधर चुडालीले ४ विकेट, सुशील रिजाल, सरोज खड्का र सुशील भुषालले ३-३ विकेट लिए भने अरपन पौडेलले २ र युवराजले १ विकेट लिन सफल भएका थिए।

१२० रनको लक्ष्य पाएको मार्टिन म्युजिकका कुनै खेलाडीले दाहोरो अंक जोड्न सकेनन्। मार्टिन म्युजिक ९.४ ओभरमा २८ रन ल्याउदै अल आउट हुन पुग्यो। टिमका लागि युवराज चुडालीले ६ रन, श्रीधर चुडालीले ५ र अजय रिजालले ४ रन जोडेका थिए भने बलिङतर्फ आयोजक टिमका नरेश श्रीसले ४ विकेट, आशिष पाण्डेले ३ विकेट , राम चालिसे र कमल जैसीले १-१ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच नरेश श्रीस घोषित भएका थिए।

 

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी