रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८०, दोश्रो दिनको खेलमा चन्द्रौटा र रोयल देवदह विजयी

रुपन्देही //  रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा भएको रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० को दोश्रो दिन दुई खेल सम्पन्न भएको छ । दोस्रो दिनको पहिलो खेल चन्द्रौटा हिटर क्लब र रेहरा आदर्श युथ क्लब बिच सम्पन्न भएको छ ।

पहिलो दिनको पहिलो खेलमा रेहरा आदर्श युथ क्लब लाई ५ विकेट्ले पराजित गर्दै चन्द्रौटा हिटर क्लब बिजयी भएको हो । देवदह क्रीकेट युनिटको ग्राउन्डमा भएको खेलमा चन्द्रौटा हिटर क्लबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रेहराले निर्धारित १६ ओभर ९ विकेट गुमाउदै ७४ रन बनाउन सफल भएको थियो । रेहराका लागि परमेशले १९ रन र दिलिप मल्लाहले ११ रन हानेका थिए भने चन्द्रौटाका अहमद र तारिकले ३/३ विकेट लिन सफल भएका थिए।

७५ रनको लक्ष्य लिएर मैदान आएको चन्द्रौटा हिटर क्लबले ६ विकेट गुमाउदै लक्ष्य पुरा गरि विजयी भएको हो । चन्द्रौटाका लागि युनिसले १६ रन, सोहेबले १५ र सुभमले १४ रन आफ्नो टिमको लागि जोडेका थिए। दोश्रो ईनिङमा बलिङ गरेको रेहराका लागि बिजए मल्लाहले २ र शलमान अन्सारी, दिवाकर पंगेनी, किशोर मल्लाह र पर्मेशले १/१ विकेट लिन सफल भएका थिए।

दोश्रो खेल
त्यस्तै दोश्रो दिनको दोस्रो खेल रोयल देवदह र डि-युनिटि विच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको रोयल देवदहले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउदै ८६ रन बनाएको थियो। रोयल देवदहका लागि राजु न्यौपानेले २६ रन, सन्दिप सुनारले १२ रन, सुभास खाति र किशोर पाठकले ११/११ रन बनाएका थिए। बलिङ तर्फ डि-युनिटिका रबि बल्लभ रेग्मीले ३ विकेट र गोरे गुरुङले २ विकेट लिएका थिए।

८७ रनको लक्ष्य लिएर मैदान आएको डि-युनिटि ले १६ ओभरमा ७९ रन मात्र बनाउन सफल भयो। उक्त खेलमा सुनिल रानाले ३७ रन र बिमल जर्गाले १३ रन बनाएका थिए भने रोयल देवदहका अभि न्यौपानेले ४ विकेट र अन्य बलर सम्दिप सुनार, सुधन अधिकारी र बिदुर खनालले १/१ विकेट लिएका थिए। उक्त खेल रोयल देवदहले डि युनिटिलाई ७ रनले हराउदै विजयी भएको थियो।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण