रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८०, पहिलो दिनको दोश्रो खेलमा राममणि विजयी

बिज्ञापन

रुपन्देही //  रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा भएको रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० को पहिलो दिनको दोस्रो खेल रोट्रऱ्याक्ट क्लब अफ राममणि र देवदह १ बिच सम्पन्न भएको छ ।

बिज्ञापन

पहिलो दिनको दोश्रो खेलमा देवदह १ लाई ३४ रनले पराजित गर्दै रोट्रऱ्याक्ट क्लब अफ राममणि बिजयी भएको हो । देवदह क्रीकेट युनिटको ग्राउन्डमा भएको खेलमा देवदह वडा नं १ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको राममणिले निर्धारित १६ ओभर ३ विकेट गुमाउदै १ सय २५ रन बनाउन सफल भएको थियो । राममणिका लागि थमन सिंजालीले ३४, निशान्त न्यौपानेले ३२ र सुदिप क्षेत्रीले २४ रन हानेका थिए भने देवदह १ का अजय परियारले २ र बादल पर्तेलले १ विकेट लिन सफल भएका थिए।

१ सय २६ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १ ले ९२ रनमा अल आउट हुदै २६ रनले हार ब्यहोर्न बाध्य भएको हो । देवदह १ का लागि अशोक सारुले १७ रन र लिकेश बुढाथोकीले १३ रन बनाएका थिए। दोश्रो ईनिङमा बलिङ गरेको राममणिका लागि सुदिप क्षेत्रीले ४ विकेट र प्रदिप पाठकले २ विकेट लिन सफल भएका थिए। उक्त खेलमा सुदिप क्षेत्री म्यान अफ दि म्याछ घोसित भएका थिए । उनेले आफ्नो टिमका लागि २४ रन र ४ विकेट लिएका थिए ।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै