दिपेश राज नेपाल, बुटवल :- रोट्रयाक्ट क्लब अफ बुटबल चौतारी को दोश्रो पद हस्तान्तरण प्रमुख अत्तिथि लुम्बिनि प्रदेश प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ को प्रमुख अतिथिता र निवर्तमान अध्यक्ष लक्षमण श्रेष्ठ को अध्यक्षता मा सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष लक्षमण श्रेष्ठले सुबाष नेपाललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा लक्षमण श्रेष्ठले आफूले एक बर्षभित्रमा गरेका कामहरुको समीक्षा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।श्रेष्ठले क्लबलाई अगामी दिनमा थप व्यवस्थित बनाई नयाँ योजनाहरु संचालन गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष सुबाष नेपालले क्लबले संचालन गर्दै आएका ठुला प्रोजेक्टहरुलाई निरन्तरता दिंदै अहिलेको वर्ष रोटरी ,रोट्रयाक्ट डिष्ट्रिकको गोल भिजनमा रहेर काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अत्तिथि लुम्बिनि प्रदेश का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा रोट्रयाक्टले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमा राजेन्द्र ढकाल ,लक्ष्मण खरेल, बिष्णु घिमिेरे, सुरज क्षेत्रि ,गोविन्द पराजुलि ,नविन अर्याल लगायतले मन्तव्य राखेका थिए ।