रोटर्याक्ट डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानको क्षेत्र २२ को अध्यक्षमा सुनिल गिरी निर्वाचित

रोटर्याक्ट डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानको क्षेत्र २२ को अध्यक्षमा राेट्रयाक्टर सुनिल गिरी निर्वाचित भएका छन्। रुपन्देहीको हिलपार्क अवस्थित रोटरी क्लव अफ बुटवल डाउनटाउनको सचिवालयमा क्षेत्र २२ का अध्यक्ष रमेश पन्थिको अध्यक्षतामा भएकाे चाैथाे नियमित बैठकबाट गिरी निर्वाचित भएका हुन् । बैठकमा क्षेत्र २२ का अध्यक्षहरु, उपाध्यक्षहरु बोर्ड पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैठक बाट क्षेत्र २२ का लागि बर्ष २०२३/२४ को अध्यक्षमा उम्मेदवारी दिनु हुनेमा रोटर्याक्ट कलव अफ तिलोत्तमा देवदहका निबर्तवान अध्यक्ष सुनिल गिरी, रोटर्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीका उपाध्यक्ष दिवस खनाल र रोटर्याक्ट क्लव अफ बुटवल डाउनटाउनका बोर्ड सदस्य सन्दिप सुनार रहनु भएको थियो । तीन ओटै उम्मेदवार बिच सहमती हुन नसके पछी डाउनटाउनका उम्मेदवार सन्दिप सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो भने अध्यक्षका लागि भएको निर्वाचनमा गिरीले खनाललाइ पछी पार्दै रोटर्याक्ट डिस्ट्रक ३२९२ नेपाल एण्ड भुटानको जोन २२ को अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल