रुपन्देही । रोटरी क्लब अफ देवदहले देवदह प्रहरी चौकीलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ। स्वार्थ भन्दा माथि सेवा भन्ने मुख्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको रोटरी क्लव अफ देवदहले विभिन्न सामाजिक गतिविधिहरु नियमित रुपमा गर्दै आइरहेको छ ।
‘जब पुलिस सुरक्षित हुन्छ, हामी सुरक्षित हुन्छौं’ – भन्ने नारा सहित देवदह प्रहरी चौकीलाई १२ पिस फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको कार्यक्रम संयोजक डा. कृष्ण गैरेले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ देवदहका अध्यक्ष कृष्ण सापकोटाले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुरक्षा गर्ने कार्यमा दिनहु खटिने सुरक्षाकर्मीलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको भएको थियो ।
क्लबका संस्थापक अध्यक्ष जय किसन अधिकारीको प्रमुख आतिथ्यता, आर सि बुटवल डाउनटाउनका अध्यक्ष जमिन कक्षपतिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कृष्ण सापकोटाले गर्नु भएको थियो । कार्यक्रम संचालन भने क्लबका सह सचिब कमल शर्मा पराजुलीले गर्नुभएको थियो ।