गुल्मी । गुल्मीको रेसुङ्गामा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुम्ली ओपन स्काउट क्रिउको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, गुल्मिको प्राविधिक सहयोगमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम समपन्न भएको हो ।
रेसुङ्गा नगरपालिकामा संचालित रेसुङ्गा स्काउट ट्रूप, महेन्द्र स्काउट ट्रूप र आदर्श स्काउट ट्रूपका जम्मा २५० जना छात्र छात्रा सहभागी कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम कुमार केसीले गरेका थिए। बिद्यार्थीहरुलाइ दिइने यस्ता कार्यक्रमले बिद्यार्थी मात्र नभइ परिवार र सम्पूर्ण समुदायलाइ नै लाभान्वित तुल्याउने स्काउटर दिनेश थापाले बताए ।
रेसुङ्गा नगर स्काउटले विगतमा पनि युवा तथा बालबालिकाहरुको क्षमता बिकास, जीवन उपयोगी शिक्षा, विपद् ब्यवस्थापन तथा न्यूनिकरण, लागूऔषध बिरुद्ध अभियान, कोभिड बिरुद्धका अभियान लगायतका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।