रेडियो देवदहले मनायो १७ औं स्थापना दिवस

गोविन्द घर्ती, देवदह । सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्धारा संचालित रेडियो देवदहले विभिन्न कार्यक्रम गरी १७ औं स्थापना दिवस मनाएको छ ।

अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी १७ औं स्थापना दिवस मनाएको हो । रेडियो देवदहका अध्यक्ष झविन्द्रप्रसाद पाण्डेको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले समाजलाई गतिशिल र रुपान्तरण गर्न सञ्चारको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनु भयो । उहाले सञ्चारलाई व्यवसायीक रुपमा लैजान आवश्यक रहेको बताउदै सञ्चारको विकासको लागि नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले सञ्चारलाई व्यवसायीक बनाउनको लागि योजना आवश्यक रहेको बताउदै रेडियोले अगाडि सारेको योजनालाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगर प्रमुख खरेलले संचालक समितिले निर्णय गरेर दिएमा रेडियो देवदहको स्वामित्व नगरपालिकाले लिन तयार रहेको बताउनु भयो । उहाले रेडियो देवदह यस क्षेत्रको गहना भएकोले रेडियोको विकासको लागि सवैले आ–आफनो ठाउबाट सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो ।

कार्यक्रममा रेडियो देवदहका प्रमुख सल्लाहकार प्रजापति सापकोटा, नेपाली काग्रेसका नगर सभापति गुनाखर भुर्तेल, मायादेवी खानेपानी संस्थाका अध्यक्ष चक्रपानी तिवारी, देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल, रेडियो देवदहका संस्थापक स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै सञ्चार जिवित भएमात्र देवदहको अस्तित्व कायम हुन सक्नेमा जोड दिएका थिए । उनीहरुले रेडियो देवदह नगरपालिकाको अभिन्न अंग भएको बताउदै नगरपालिका बनाउन रेडियो एउटा सूचक रहेको बताएका थिए । उनीहरुले रेडियोको विकासको लागि नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, रेडियो देवदहका पुर्वअध्यक्षहरु, वडाअध्यक्ष, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा आयोजित आमसञ्चारमा रेडियोको भूमिका विषयक देवदह नगरस्तरीय अन्तर माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । देवदह क्षेत्रमा रहेका १६ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा देवदह माध्यमिक विद्यालयका निस्तिका परियार प्रथम, देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयका अनुष्का भण्डारी द्धितिय, न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर तृतिय र नमुना एभरग्रिन ईङलिस बोडिङ्ग स्कुलका सनिष्ठा पाख्रिन सान्त्वना भएको थियो ।

रेडियो देवदहका बरिष्ठ उपाध्यक्ष दयाराम वस्यालको स्वागत र महासचिव दिपक न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण