रुपन्देही १ मा नेकपा एमालेका छबिलाल विश्वकर्मा विजयी

देवदह । रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनु भएको छ। नेता विश्वकर्मा रुपन्देहीको क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभा सदस्यमा दोश्रो पटक निर्वाचित हुनु भएको हो।

बिज्ञापन

नेता विश्वकर्माले २४८७२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो। नेता विश्वकर्र्माले सत्ता गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भूषाललाई ३५६४ मतान्तरणले पराजित गर्दै विजयी हुनु भएको हो । अन्तिम मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार घनश्याम भूषालले २१३०८ मत प्राप्त गर्नु भएको छ। नेकपा एमालेबाट अन्तिम समयमा आएर टिकट नपाएपछि नेता भूषाल क्षेत्र नम्वर १, मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो। नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा २०७४ सालको निर्वाचनमा भारीमतान्तरले विजयी हुनु भएको थियो।

अन्तिम मत परिणाम पछि सञ्चारकर्मीहरु संग बोल्दै नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, को विकास निर्माणका वाकी रहेका कामलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले मंसीर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफनो र पार्टीको मात्र नभई सिंगो क्षेत्रवासीको विजयी भएको बताउनु भयो। उहाले आमनागरिकलाई धन्यवाद दिदै यस क्षेत्रकोे विकासको लागि आफु प्रतिवद्ध भएर लाग्ने बताउनु भयो। उहाले आमनागरिकले दिएको मतलाई कदर गर्दै नागरिकबाट गुनासो नआउने गरी काम गर्ने बताउनु भयो।

बिज्ञापन

निर्वाचतन कार्यालय क्षेत्र नम्वर १, को अन्तिम मत परिणाम अनुसार राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवार (घण्टी) ले १४१३८, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी (ढकिया) ले १३९४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिनु भयो। यसैगरी जनमत पार्टीका उम्मेदवार (लाउड स्पीकर) ले ५१६६, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाई (चापाकल) ले ३४८८, स्वतन्त्र उम्मेदवार (महिला) ले १७१२, राष्ट्यि जनमुक्ति पार्टीका उम्मेदवार दलबहादुर थापा (घर) ले १३९५, हाम्रो नेपाली पार्टीका उम्मेदवार विशाल वास्कोटा (लौरो) ले १०९५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनु भयो। रुपन्देहीको क्षेत्र नम्वर १, मा ९५६३० मत खसेकोमा ५४५९ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

 

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना