रुपन्देही क्षेत्र नं. ५(क) मा भुमिश्वर ढकाल बिजयी

लुम्बिनी प्रदेश सभामा दोश्रो पटक सभासद बनेर भित्रिनका लागि नेकपा एमालेका भुमिश्वर ढकालको बाटो खुल्ला भएको छ। अन्तिम परिणाम सार्वजनिक भएसंगै ढकालका लागि लुम्बिनी प्रदेश सभामा प्रबेश गर्ने दैलो उघारिएको हो। रुपन्देही ५ (क) मा जम्मा ४८ हजार ४ सय ९० मत खसेकोमा ढकालले १९ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन भने ११ हजार ३ सय ६८ मत सहित नेकपा माओवादीका विनोद पहाडी पराजित भएका हुन। नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका ढकालले यस अघि प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक रहेका थिए।

ढकालको जितमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ रहेको थियो भने पहाडीलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा(एकिकृत समाजवादी)को साथ थियो। यस्तै हाम्रो नेपाली पार्टीका कमल ढकालले ८ हजार ७ सय ३९ मत प्राप्त गरेका छन भने जनमत पार्टीका अनुराग शुक्लाले ३ हजार ८ सय ६४ मत प्राप्त गरेका छन। यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीका लिल बहादुर दर्लामीले १ हजार ३ सय २७ मत प्राप्त गरेका छन। २ हजार १ सय १० मत बदर भएको थियो।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल