रुपन्देही उद्योग संघ द्वारा नेलगञ्जमा थ्री फेज वायरिङ्ग सम्बन्धी तालिम सम्पन्न

बुटवल । रुपन्देही उद्योग संघ, दिगो र सम्मानित रोजगारका लागि सीप परियोजना (इन्स्योर)को आर्थिक सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योगहरुमा कार्यरत इलेक्ट्रीसियन पेसाकर्मीहरुको लागि सिप अभिवृद्धि तालिम अन्तर्गत थ्री फेज वायरीङ्ग सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कार्तिक १३ गते नेपालगञ्ज १० कोरियनपुल स्थित पब्लिक टेक्नीकल कलेजको तालिम हलमा एक कार्यक्रमकाबीच समापन तथा प्रशिक्षार्थीहरुलाई तालिम सम्पन्नताको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
बिभिन्न उद्योग प्रतिष्ठानका २० जना कार्यरत इलेक्ट्रीसीयन कार्यरत प्राविधिकहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्यले संचालित तालिमको समापन रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीज्यूवाट सम्पन्न भएको थियो ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीेले संघले हालसम्म विभिन्न विषयका उद्योगमा कार्यरत कामदारहरुका लागि सिप अभिवृद्धि तालिमहरु संचालनमा गरी सम्पन्न गरिसकेको जानकारी गराउँदै उद्योगहरुमा रहेको जनशक्तिलाई आवश्यक पर्ने सिप अभिवद्धि तालिमको पहिचान गर्दै सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने कुरा जानाकारी गराउनु भएको थियो साथै सिकाई स्तर प्रभावकारी र नयाँ प्रविधिको बारेमा परिस्कृत हुँदै औद्योगिक दक्ष जनशक्ति उत्पादन गर्न यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममां रुपन्देही उद्योग संघ सिप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले उद्योगहरुलाई चाहिने तालिमहरुको पहिचान गरी आबश्यकता अनुसारका तालिम संघले लुम्बिनी प्रदेश स्तरमा विभिन्न व्यावसायी संघहरुको समन्वयमा संचालन गरेको जानाकारी गराउँदै इन्स्योर परियोजनाको सहकार्यमा पहिलो वर्षमा नै धेरै काम भइसकेको र उद्योगीहरुलाई आबश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गरिरहेको भनाई राख्नु भएको थियो ।

दक्ष प्रशिक्षकद्धारा दैनिक ४ घण्टा (२४ दिन) संचालन हुने तालिमवाट सहायक स्तरका प्राविधिकहरुको कार्य सम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार बन्न सहयोग पुर्याउन र सहभागिहरुलाई थ्री फेस मोटर कन्ट्रोल प्यानलहरु इन्टलेसन, मेजरिङ्ग उपकरणहरुको इन्टलेसन, वायमेटालिक रिले, कन्ट्याक्टर, टीडीआरपुस वटन स्विच एनओ र एन्सी, भीएसएस र एएसएस सेक्लेटर स्विच लगायत सैद्धान्तिक र प्रयोगात्मक रुपमा कक्षावाट सिकाइ भएको तालिमका प्रशिक्षार्थी प्रविण चौधरीले बताउनु भयो । समापन सत्रको कार्यक्रम संचालन तालिम प्रदायक संस्था पब्लिक टेक्नीकल कलेजका प्रशिक्षक गोपाल प्रसाद भट्टराइले गर्नु भएको थियो ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना