रुपन्देही उद्योग संघमा दिलिप सापकोटाकाे अध्यक्षतामा हरि खत्रीको प्यानलै बिजयी

बुटवल  । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट हरि खत्रीको प्यानलै बिजयी भएको छ।

संघको अध्यक्षमा दिलिप सापकोटा र बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली तथा प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले यस अघि नै निर्विरोध भएपनि केही उद्योगीहरु सहमतीमा नआउदा द्धितिय उपाध्यक्ष लगायतका ४ पदाधिकारीकाे सोमबार मतदान भएको थियो ।

द्धितिय उपाध्यक्ष पदका लागि उद्योगी माया खनाल र हरिबहादुर खत्रीले  उम्मेदवारी दिएका थिए ।

सोमबार राती अवेर सम्पन्न अन्तिम मत परिणाम अनुसार हरि बहादुर खत्रीले  ११५ मतान्तरले विजयी मात्र भएनन उनको प्यानलका सबै उम्मेदवार भारी मतान्तरले बिजयी भए। खत्रीले कुल खसेको ७०३ मत मध्ये ४०१ मत पाउदा उनका प्रतिस्पधी माया  खनालले २८६ मत प्राप्त गरिन्।

यसैगरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे। सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे। सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । यसैगरी महिला सदस्यमा हरि बहादुर खत्री प्यानलकै मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गरिन् ।

खुला सदस्यतर्फ खत्रीकै प्यानलका  कृष्ण प्रसाद पोखरेलले ४८३ मत , नारायण प्रसाद खनालले ४९२ मत, मोहनिलाल रिजालले ४३१ मत, बलबहादुर गोदारले ४१५ मत, अभिषेख गुप्ताले ४२० मत, किरण खरेलले ४८९ मत, चक्रपाणी तिवारीले ३७३ र अशोक कुँवरले ४८० मत पाएर बिजयी भए।

यसअघि महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्वाचित भैसकेका छन।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण