रुपन्देही उद्योग संघमा कार्यसमिति, वस्तुगत र तहगत समितिबीच भेटघाट तथा छलफल

बुटवल । रुपन्देही उद्योग संघले संघको कार्यसमिति, सल्लाहकार तथा विभिन्न पालिकामा रहेका तहगत समिति र वस्तुगत समितिबीच उद्योगीका समस्या र समाधानका विषयमा भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।

बुधबार संघको सभाहलमा आयोजित कार्यक्रममा उद्योग संघले उद्योगी र औद्योगिक नीतिका बारेमा गरेका कामको समीक्षा तथा आगामी रणनीतिका बारेमा छलफल भएको हो ।

रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव हिरामणी भट्टराईको संचालनमा भएको कार्यक्रममा संघले बनाएका विभिन्न १३ वटा वस्तुगत समिति र दुई पालिकामा रहेका तहगत समितिका पदाधिकारी तथा सदस्यहरुले छलफल गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष बोनिन पियाले उद्योगीका समस्याका विषयमा सामुहिक छलफलबाट मात्रै समाधान हुने बताउनु भयो । संस्थागत सहभागिता हुँदा मात्रै उपलब्धि प्राप्त हुने बताउँदै उहाँले यसले कसैलाई घाटा नहुने बताउनुभयो । पूर्वअध्यक्ष पियाले आफू उद्योग संघमा नलागेको भए उत्पादनमै मात्रै हुने तर अहिले सबै उद्योगीको मात्रै नभएर समाजका धेरै अगुवाको साथी र साक्षी भएको बताउनु भयो ।

संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले सबै उद्योगीको समस्याको समाधानको पैरवी गर्ने संस्था भएकाले सबैको साथमा संस्थागत विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संघले तीनै तहका सरकारलाई उद्योगमैत्री नीति बनाउन र कार्यान्वयनका लागि गरेको पहल उल्लेखनीय रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

संघका कावा अध्यक्ष कृष्ण प्रसाद पराजुलीले १३ वस्तुगत र २ वटा तहगत समिति गठन, नीतिगत साझा समस्या भए पनि वस्तुगत र तहगत समस्या समाधानका लागि संघले यस खालका समितिलाई जिम्मेवारी दिएको धारणा राख्नुभयो । पराजुलीले नयाँ बजेट निर्र्माणमा स्थानीय सरकारले उद्योगीलाई दिनुपर्ने विषयलाई तहगत समितिले उठाउनु पर्ने र कार्यान्वयनका लागि दवाव दिइरहनुपर्ने बताउँदै वस्तुगत र तहगत समितिसँग समन्वय बढाउन आजको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, इन्जिनियरिङ वस्तुगत समिति संयोजक राजकुमार श्रेष्ठ, सःमिल वस्तुगत समितिका संयोजक कुसुम फुल्लेल, होजियारी उद्योगी मुक्तिप्रसाद भण्डारी, ग्रिल उद्योगी मिलन जिसीलगायतले उद्योगीका पक्षमा संघले अगाडि सार्नुपर्ने विषयहरु राख्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते