बुटवल । रुपन्देही उद्योग संघले वैदेशिक भ्रमण कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि संघको बार्षिक कार्यक्रम अनुसार संघको एक टोली अन्तराष्ट्रिय भ्रमणमा जापान पुगेको हाे ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा गएको भ्रमण टोलीमा संघका पूर्ब अध्यक्ष एजाज आलम, संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, कोषाध्यक्ष युवराज आचार्य, कार्यसमिति सदस्य माधब प्रसाद नेपाल, नारायण प्रसाद खनाल, राजु घिमिरे, प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी सहित सदस्य उद्योगीहरु गरी २५ जनाको सहभागिता रहेको छ ।
संघका अध्यक्ष दिलिप सापकोटाले कोभिड पछि धेरै समयको अन्तरालमा तय गरिएको वैदेशिक भ्रमण हामी उद्योगीहरुको लागि लाभदायक हुनेछ भन्ने विश्वास लिएको बताउनु भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको संयोजनमा गएको भ्रमण टोलीले जापानको राजधानी टोकियो, ओसाका, नागोया, हिरोसिमा, माउण्ट फुजी लगायतका शहरहरुको भ्रमण गरी ट्योटा लगायत बहुराष्ट्रिय कम्पनीहरुको अवलोकन संगै टाेलीले जापानकाे अर्थव्यवस्था, अर्थबजार र त्यहाँका उत्पादन र उद्याेगसंग सम्बन्धित विभिन्न कुराहरूकाे अवलाेकन भ्रमण गर्नेछ ।
भ्रमण टोली भाद्र २० गते नेपाल फिर्ता आउने छ ।